नेभिगेशन
जनप्रतिनिधिका कुरा

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित हुँदै, ९ मन्त्रीले जवाफ दिने

काठमाडौँ । राष्ट्रिय सभाबाट आज बजेटसम्बन्धी विनियोजन विधेयक पारित हुँदैछ ।

आज दिउँसो १२:१५ बजे बस्ने बैठकमा ९ जना मन्त्रीले विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचिवालयकाअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ । 

Ncell
Extreme Energy

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयसम्बन्धी जिज्ञासाको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ । 

जवाफपछि विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकहरुमा सांसदहरुले राखेका खर्च कटौतीका प्रस्तावहरुलाई अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

त्यसपछि अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सभाले पारित गर्नेछ । 

आजको बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभामा सन्देशसहित प्राप्त बजेटसम्बन्धी आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।