नेभिगेशन
जनप्रतिनिधिका कुरा

राष्ट्रिय सभाले आज बजेट पारित गर्दै

काठमाडौँ । राष्ट्रिय सभाले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट आश्रित विधेयक पारित गर्दैछ । 

दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने बैठकले बजेट आश्रित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय सभाले बजेटको मन्त्रालय शीर्षकहरु रहेको विनियोजन विधेयक मंगलबार पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाइसकेको छ । 

Ncell
Extreme Energy

आजको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकहरु प्रस्तुत गर्नेछन् । 

बजेट आश्रित तीनवटा विधेयक दुबै सभाबाट पारित भएपछि प्रमाणीकरण भएर साउन १ बाट लागु हुनेछ । 

आजको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयकहरुका सम्बन्धमा विधायन समितिको प्रतिवेदन पनि पेस हुनेछ । चारवटा अध्यादेश प्रतिस्धापन गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको छ । चारवटै अध्यादेश सभाले समितिमा पठाएकोमा आज समिति सभापति कृष्णबहादुर रोकायले प्रतिवेदन पेश गर्नेछन् । 

संसद सचिवालयकाअनुसार सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको समितिको प्रतिवेदन पेस गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।