नेभिगेशन
समाज

एमाले रुपान्तरण अभियानले भरायो गुगल फर्मः ८७.६ प्रतिशत नेतृत्व परिवर्तनको पक्षमा

९५.४ प्रतिशतले भने पार्टी नेतृत्व सुध्रिनु पर्छ

काठमाडौँ । नेकपा एमाले रूपान्तरण र पुनरसंरचनाको लागि पुनर्जागरण अभियानले पार्टीको अवस्था बारे गुगल सर्भेक्षण गरेको छ ।

एमाले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया लगायतले नेतृत्व गरेको अभियानले विभिन्न १८ प्रश्नावली सहित गुगल फर्म मार्फत सर्भेक्षण गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त फर्मबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारी बिहीबार एमाले महासचिव शंकर पोखरललाई बुझाएको छ ।

Ncell
Extreme Energy

मत सर्वेक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका पार्टी समर्थक, शुभेच्छुक र अन्य राजनीतिक दलका मानिसहरुबाट पनि सुझाव लिइएको उनको दाबी छ । 

उनले नेकपा एमाले हालकै अवस्थामा अघि बढ्न सक्छ कि सक्दैन, विद्यमान पार्टी नेतृत्वको व्यवहार तथा आचरण बारे तपाईको धारणा के छ ?, पार्टी नेतृत्वको कार्यशैली बारे तपाईको भनाइ के छ ?, पार्टीको नीति कस्तो लाग्छ लगायतका १८ वटा प्रश्नावली राखेर गुगल सर्भेक्षण गरिएको बताए । 

परिषद्ल हरेक प्रश्नमा आएका रायलाई प्रतिशतमा विभाजन गरेको थियो । 

जसमा नेकपा एमाले हालकै अवस्थामा अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा जवाफ दिएका मध्ये ९१.४ प्रतिशतले एमाले रुपान्तरण हुनुपर्छ भन्ने जवाफ दिएका थिए । 

यस्तै पार्टी नेतृत्वको आचरणबारेको प्रश्नमा ९५.४ प्रतिशतले पार्टी नेतृत्व सुध्रिनु पर्छ भन्ने सुझाव दिएका थिए । 

यस्तै पार्टी नेतृत्वको कार्यशैली बारे तपाईका धारण के छ भन्ने प्रश्नमा जवाफ दिएका मध्ये ९४.९ले सुध्रिनु पर्छ भन्ने राय दिएका छन् । 

विद्यमान पार्टी नेतृत्व बारे तपाई धारणा के छ भन्ने प्रश्नमा ८७.६ प्रतिशतले नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सुझाव दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।