नेभिगेशन
समाज

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गर्ने पठाओ चालक

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका  गणेश नेपाली रहेको प्रहरीले जनएको छ ।

मुगुको सोरु गाउँपालिका वडा नं ०१  घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली पेसाले राइड सेयरिङ(पठाओ) चालक रहेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


बिहीबार दिउँसो त्रिपुरेश्वरमा बाइक रोकेका बेला काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि उनी आवेशमा आएका हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान देखिएको जनाएको छ । 

Marvel
Extreme Energy


आज दिउँसो करिब १ः४५ बजे उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै उनले आफ्नै शरिरमा आगो लगाएका थिए । 

प्रहरी स्रोतका अनुसार  उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए । 

घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । हाल उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।
चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।