नेभिगेशन
समाज
त्रिपुरेश्वर घटना

आत्मदाह प्रयासपछि गणेशले दाजुलाई भनेका दुई शब्द

काठमाडौँ । बिहीबार दिउँसो १ः४५ बजे । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक युवकले आत्मदाहको प्रयास गरे । प्रत्यक्षदर्शीका अनुसार उनी पठाओ चालक रहेको र कामको सिलसिलामा राहदानी विभागअगाडि पुगेका थिए । उनको बाइकमा काठमाडौँ महानरपालिकाको नगर प्रहरीले ह्विल लक लगाइदिएको थियो ।

अनधिकृत ठाउँमा पार्किङ गरे महानगर प्रहरीले त्यसरी ह्विल लक लगाउँछ ।  उ उनले बागमती प्रदेश ०२-०६४ प ३२५० नम्बरकाे बाइक चलाउँथे । दिउँसाे उनले विभागकाे तीन नम्बर गेटअघि निर्माणाधीन टहराे अगाडि पार्किङ गरेका थिए ।   आत्मदाह प्रयास गरेका युवक मुगु सोरु गाउँपालिकाका २६ वर्षीय गणेश नेपाली रहेको खुलेको छ । उनले अचानक किन आफ्नै शरिरमा आगो लगाए होलान् भनेर हामीले अहिले गणेशसँग अस्पतालमा रहेका उनका दाजु मदन नेपालीलाई सोध्यौँ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणेशको अहिले वीर अस्पतालको बर्न कक्षमा उपचार भइहेको छ । दाजु मदनका अनुसार घाइते गणेश बोल्न सक्ने अवस्थामा छैनन् । आत्मदाहको प्रयासपछि उनलाई स्थानीयको सहयोगमा प्रहरीले वीर अस्पतालको पुर्‍याए पनि त्यहाँ पुर्‍याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो । 

Ncell
Extreme Energy

दाजु मदनलाई चिकित्सकले ८५ प्रतिशत जलन भएको बताएका छन् ।यद्यपि चिकित्सकलाई उदृत गर्दै प्रहरीले भने शरिरको ६० प्रतिशत भागमा जलन भएको बताएको छ ।  भाइलाई घाइते अवस्था देखेका मदनले सिधाकुरासँगको कुराकानीमा आफूले घटनाबारे सोध्दा भाइले दुई शब्द मात्रै भन्न सकेको बताए । 
उनले भने,­‘भाइले जलिसकेपछि मलाई दुई शब्द मात्रै भन्यो, मेरो बाइकमा महानगरले लक लगाइदिएछ ।’ 

मदनका अनुसार गणेश २ वर्षदेखि पठाओ(राइड सेयरिङ) चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए । उनी श्रीमती र एक छोरीसहित भक्तपुरको कमलविनायकमा बस्थे । बिहानैदेखि पठाओ चलाउँथे । 
दाजुका अनुसार गणेश दुइदिन अघि श्रीमती र छोरीलाई लिएर उनीकहाँ पुगेका थिए । बिहीबार पनि उनी पठाओ चलाउन भन्दै बिहानै कोठाबाट निस्किएका थिए । दिउँसो प्रहरीले फोन गरेर उनलाई भाइले आत्मदाह प्रयास गरेको जानकारी दिएपछि मात्रै आफूले घटनाबारे थाहा पाएको बताए । 

मदनका अनुसार बुवाआमा, भाउजु गाउँमै रहेका छन् । अहिले गणेशको उपचार जारी रहेको र अवस्था यसै भन्न नसकिने मदनले बताए । 
मदनका अनुसार गणेशको स्वास्थ्य अवस्थामा यसअघि सामान्य नै थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।