नेभिगेशन
समाज

प्राथमिकता निर्धारण नगरी गरिने संविधान संशोधनले देश द्वन्द्वमा फस्न सक्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्राथमिकता निर्धारण नगरी गरिने संविधान संशोधनले देश द्वन्द्वमा फस्न सक्ने बताएका छन् । 

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति थापाले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता ल्याउने, चरम दलीय ध्रुवीकरण निम्त्याउने र समाज तथा भूगोललाई जोड्ने मूल आधारहरू नै भत्काउन सक्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सरकारले कुनै निश्चित वा प्रस्ट समस्यालाई सुधार गर्ने उद्देश्य नराखी समग्र अन्तरवस्तुलाई एकैपटक संशोधनको एजेन्डा बनाउन खोजेको भन्दै आपत्ति जनाए । लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिक विशेषता र समानुपातिक समावेशी प्रतिनिधित्वमा कुनै पनि सम्झौता नहुने कांग्रेसको स्पष्ट नीति रहेको उनको भनाइ छ । 

Ncell
Extreme Energy

थापाले भने, ‘संविधानको आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहु जातीयता, बहु धार्मिकता, बहुसांस्कृतिक विशेषता, समावेशी–समानुपातिक प्रतिनिधित्वका विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता गर्दैन । यो कुरा हाम्रो प्रतीज्ञापत्र र विधानमा व्यवस्था गरिसकेका छौं ।’

सभापति थापाले संघ र प्रदेश दुवैको संसदको आकार र मन्त्रीपरिषदको आकार घटाउने, स्थानीय सरकारलाई सवल बनाउने जस्ता बिषयमा संशोधन गर्न कांग्रेस तयार रहेको बताए । तर कुनै संरचना नै खारेज गर्ने जस्ता विषयलाई अघि बढाएर देशलाई द्वन्द्वमा फसाउन नहुने तर्क गरे । 

सभापति थापाले संवैधानिक निकायलाई बलियो बनाउनुपर्नेमा उनीहरुलाई सरकारको छाँया जस्तो बनाउन खोजिएको धारणा राखे । कांग्रेसले आफ्नो पार्टीभित्र र देशमा कतै भागबन्डा नगर्ने उल्लेख गर्दै सभापति थापाले संवैधानिक निकायमा शुद्धता हुनुपर्ने स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।