नेभिगेशन
सबै कुरा
नागरिकता किर्ते प्रकरण :

मेयर सिंहलाई कारबाहीकाे माग गर्दै वीरगंजमा निरन्तर प्रदर्शन : वडामा नाराबाजी, प्रजीअलाई ज्ञापनपत्र

वीरगंज । छोरी नभएका मेयर राजेशमान सिंहको छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै सचेत नागरिक समाज वीरगंजले वीरगंज महानगरपालिका वडा नं ३ को कार्यालय परिसरमा आइतबार नाराबाजी गर्दै प्रदर्शन गरेको छ । 

नक्कली बाबु बनेको वडाका प्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि जानाजान सिफारिस दिएको भन्दै  उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । मेयर राजेशमान सिंहले आफ्नी हुँदै नभएकी छोरीलाई छोरी भन्दै रबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले खुलासा गरेको थियो ।

CG

राजेशमानले सिफारिस लिँदाको समयमा उक्त वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताको सिफारिस भने उनलाई बिदा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालिन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए । वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गर्दै आएका छन् ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले आफैँ नक्कली बाबु बनेर नागरिकता दिलाएका कारण मेयरलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । 

पत्रमा मेयर सिंहले गरेको कार्य नागरिकता ऐन विपरितको कार्य भएकाले मेयर राजेशमान सिंहलाई अविलम्ब पक्राउ गरि पदबाट निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ । 

त्यस्तै राष्ट्रियतासँग खेलवाडगर्नेलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवारी समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएको छ ।

सम्बन्धित समाचारहरु : 

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

कलाकार धतुरेको किन आलोचना भइरहेको छ ?

रवि आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भएकै दिन नै रहेको सो पार्टीको भेलामा धतुरेले रवि सहकारीको रकम अपचलन गरेको अभिव्यक्ति दिएका थिए । पार्टी प्रवेश गरेकै दिन आफ्नो पार्टी...
खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनु पर्ने बताए ।  उनले विकासको नाममा जथाभावी...
कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता डा.कोइराला

‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी...
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...