नेभिगेशन
समाज

आत्मदाह प्रयास गरेको गणेशको स्वास्थ्यबारे वीर अस्पतालले के भन्यो ?

काठमाडौँ । आफ्नै शरीरमा आगो लगाएर घाइते भएका गणेश नेपालीको स्वास्थ्य गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेपालीलाई भेन्टिलेटरमा राखिएको र कुनै पनि समय अवस्था बिग्रिन सक्ने जानकारी गराए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 चिकित्सकका अनुसार बिहवार घटनापछि २ः२० मा अस्पताल ल्याइपुर्‍याएपछि तत्कालै उनलाई कुलिङमा राखिएको र त्यसपछि श्वासप्रश्वास सहज गराउन इन्टुबेट गराइएको थियो । नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार आएको छैन ।

Ncell
Extreme Energy

नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको उनले बताए । शरीरको भित्री अंगहरूमा पनि असर पुगिसकेको र यति धेरै जलेको बिरामीलाई बचाउन निकै गाह्रो हुने उपचारमा संलग्न चिकित्सकको भनाइ छ । 
अस्पतालका अनुसार राति ८ बजे उनको प्रथम चरणको अपरेशन सकिएको थियो तर अहिले पनि गणेशको अवस्था केही भन्न सकिने अवस्थामा छैन । 

अहिले थप उपचारका लागि भारत लैजाने तयारी भए पनि यता अस्पतालबाट निकालेपछि निकै जोखिम हुने चिकित्सकले बताएका छन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।