नेभिगेशन
समाज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।

प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिए । 

Marvel
Extreme Energy

हाईअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा ५० वर्षदेखि ८४ वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उनले जानकारी दिए । गत आव २०८१/०८२ मा लेक लागेर नौ जनाको मृत्यु भएको थियो ।

त्यस आर्थिक वर्षमा पाँच भारतीय, तीन नेपाली र एक जना अमेरिक नागरिकले लेक लागेर ज्यान गुमाएका हुन् । मुस्ताङ पुगेका पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा मानवीय क्षति हुन पुगको हो ।

देश तथा विदेशका समथर ठाउँबाट हिमाली जिल्लामा यात्रा गर्ने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडका कारण अक्सिजनको लेवल कम भई लेक लाग्ने समस्या देखिन गरेको डा कँडेलले बताए ।

मुस्ताङ आउने पर्यटकमध्ये शारीरिक रुपले अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगका नियमित औषधि सेवन गर्ने पर्यटकलाई हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ ।

हाईअल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा पम्प्लेट वितरण लगायतका कार्य गर्दैआइरहेका छन् ।

म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते, खन्ती, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा हाईअल्टिच्युडसम्बन्धी सचेतनामूलक बोर्ड राखिएको छ । मुस्ताङ प्रवेश गर्ने पर्यटकलाई होल्डिङ गर्दै यात्रा गराउन पर्नेमा मुक्तिनाथ पुर्‍याइदा लेक लाग्ने जोखिम बढेको हो ।

अस्पतालले तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाईअल्टिच्युडका सम्बन्धमा समयमै ज्ञान दिलाउन पर्ने आवश्यकता औँल्याइएको छ । पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेष भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा अक्सिजनसहित दुई जना हेल्थ असिस्टेन परिचालित भईरहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । बिचौलिया विवादमा आफ्नो नामसमेत जोडिएको भन्दै हिजो इजलासमा नबसेकी न्यायाधीश सारंगा सुवेदी...
‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको टीका–टिप्पणीप्रति ध्यानाकर्षण गराउँदै चलचित्रको पूर्ण कथावस्तु नहेरी धारणा नबनाउन आग्रह गरेका छन् ।
ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ परेका छन् ।