नेभिगेशन
पूर्वाधार

ऊर्जामन्त्री श्रेष्ठको सक्रियता : मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

अब चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्म झ्याप–झ्याप बत्ती जान बन्द हुने

काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । 

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग सम्वाद गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२२० केभी प्रसारण लाइन सञ्चालन आइ विद्युत प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत सेवा सहज हुनेछ । 'यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ। ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या न्यूनीकरणमा यो प्रसारण लाइनले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,' मन्त्री श्रेष्ठले भने ।  

Ncell
Extreme Energy

विशेषगरी बर्खायाममा यस क्षेत्रका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अब ठूलो सहयोग पुग्ने उनले बताए । यसअघि कम क्षमतामा पावर हाउस सञ्चालन गर्नुपर्ने बाध्यता समेत हट्दै जाने मन्त्री श्रेष्ठको भनाइ छ । 

निजी क्षेत्र र सरकारबीचको सफल सहकार्यबाट उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने मन्त्रालयले जनाएको छ । 'यो नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धिको यात्रामा अर्को महत्त्वपूर्ण कदम हो,' मन्त्री श्रेष्ठले भनेका छन् । 

तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह सुरु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।