नेभिगेशन
नेताका कुरा

बेथिति हटाउने जिम्मेवारी बालेनलाई सुम्पनु नेपाली समाजको ठूलो भूल : एमाले महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन् । 

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन् ।

Ncell
Extreme Energy

आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको पोखरेलले बताएका छन् ।

उनले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको उल्लेख गरेका छन् । 

चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको पोखरेलको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कहिलेसम्म कृष्णभीरको पीर ? भदौ मसान्तसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कसरी भइरहेको छ काम ?

कहिलेसम्म कृष्णभीरको पीर ? भदौ मसान्तसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कसरी भइरहेको छ काम ?

दुई दशकअघि बनेको चलचित्र ‘इन्द्रेणी’को यो गीतले एउटा पहिरोलाई यति गहिरोसँग सम्झायो कि कृष्णभीर आफै पहिरोको पर्यायजस्तै बन्यो।  साठीको दशकमा कृष्णभीरको कहर बताउने यस्ता थुप्रै गीत बनेका छन्...
भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि सरकारले जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार मनाङको ठुलागी, सङ्खुवासभाको तल्लो बरुण, सोलुखुम्बुको लुम्बिङ...
कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

दुवै समूहले तालिका नै सार्वजनिक गरेर महाधिवेशनको तयारी अगाडि बढाइरहँदा पनि केही नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर, सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच...
बाढीले पुरिएका यी सुरुङमा जारी छ बेपत्ताको खोजी

बाढीले पुरिएका यी सुरुङमा जारी छ बेपत्ताको खोजी

भोटेकोशी बाढीले पुरिएका विभिन्न ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता मानिसहरुको खोजी भइरहेको छ