नेभिगेशन
नेताका कुरा

विश्वप्रकाशले बालेनसँग राखे सहकार्यको प्रस्ताव, विषयको गम्भीरतालाई बुझ्न अपिल

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा आशा जगाउनका लागि आफूहरु सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन् । 

नेपाली समाजमा निराशा चिर्न राज्य चाहिएको भन्दै शर्माले आशा जगाउनका लागि सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बिचल्लीमा परेका सुकुम्बासी र आत्मदाह गरेका गणेश नेपालीको घटनालाई गम्भीरतापूर्वक लिएर आशा जगाउनेगरी काम गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव पनि दिएका छन् । 

Marvel

'विकट गाउँबाट आएका गणेश नेपालीले आत्मदाह गरे । कीर्तिपुरको होल्डिङ सेन्टरमा साना नानीबाबुहरु भोकले तड्पिरहेका छन् । वृद्ध बाआमा रोगले मरिरहेका छन् । सरकारले वर्खाको बेलामा उठिबास लगाएर आफ्नै देशभित्र शरणार्थी बनाएका सुकुम्बासीहरु अझै कष्टकर जीवन विताइरहेका छन्,' उनले भने, 'यस्तो बेलामा हामी सरकारलाई प्रश्नले घेर्ने होइन सहकार्य गर्न चाहन्छौं समाजमा आशा जगाउन ।' 

शर्माले नयाँप्रतिको विश्वास किन खण्डित भइरहेको छ भनेर पनि सोच्न सुझाए । 'हिजो हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो । आज गणेश नेपालीले आत्मदाह गर्नुभयो ।  समाजमा यो प्रकारको निराशा किन हुँदैछ ? मानिसमा किन आशा टुट्यो । हामी पुरानाप्रतिको विश्वास टुट्यो तर नयाँ प्रतिको विश्वास किन खण्डित हुँदैछ । मूल प्रश्न यो हो,' उनले भने, 'हामी यसमा राजनीतिक कोणबाट हेर्न चाहँदैनौ । सिंगो समाजमा आशा मर्दै गयो भने आशा मरेको समाज बन्नका लागि झन् ढिलो ढिलो हुन्छ भन्ने कुराका प्रति गम्भीर बन्न चाहन्छौ । त्यसैले यो बेलामा अहस्य पीडा भएर म सरकार खोजिरहेका छु । सरकारलाई साथ दिनका लागि हामी सरकार खोजिरहेका छौं ।' 

उपसभापति शर्माले जनतामा विश्वास जगाउने गरी सरकार उभिनुपर्ने धारणा पनि राखे । 'प्रधानमन्त्रीज्यू तपाई प्रधानमन्त्री बन्नुपूर्वको कोमल हृदय जुन थियो नि जसले गुनगुनाएर झक्झक्याउने प्रयास गरेको थियो कि गरिबको चमेली बोल्दिने कोही छैन । आज प्रधानमन्त्रीजीले भन्दिनुपर्यो कि गरिबको चमेली बोल्दिने कोही छ । आशा जगाउनुपर्यो । विश्वास जगाउनुपर्यो । होल्डिङ सेन्टरमा एक छाक पनि नखाई कोही भोकै रहनुभएन । इन्द्रबहादुर राइले जस्तै गरेर कसै सुकुम्बासीले जीवन त्याग्नुभएन । एक अर्को गणेश नेपाली फेरि अर्को प्रेम आचार्य फेरि देशमा पैदा हुनुभएन । हामी सरकारको साथमा उभिएर साथ दिन चाहन्छौ । हात लम्काउन चाहन्छौ । अघि लाग्नुस् । विषयको गम्भीरतालाई बुझ्नुस् । कारुणिकतालाई सम्बोधन गर्नुस् । देश तपाईको साथमा उभिने छ । यो समाजमा आशा जगाउनुपर्छ । सरकार सिंहदरबार, संसद, सुकुम्बासी र निराश भएको युवा अगाडि भेटियोस् र भनोस् सरकार छ निराश हुनुपर्दैन,' उनले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै