नेभिगेशन
नेताका कुरा

विश्वप्रकाशले बालेनसँग राखे सहकार्यको प्रस्ताव, विषयको गम्भीरतालाई बुझ्न अपिल

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा आशा जगाउनका लागि आफूहरु सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन् । 

नेपाली समाजमा निराशा चिर्न राज्य चाहिएको भन्दै शर्माले आशा जगाउनका लागि सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बिचल्लीमा परेका सुकुम्बासी र आत्मदाह गरेका गणेश नेपालीको घटनालाई गम्भीरतापूर्वक लिएर आशा जगाउनेगरी काम गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव पनि दिएका छन् । 

Ncell
Extreme Energy

'विकट गाउँबाट आएका गणेश नेपालीले आत्मदाह गरे । कीर्तिपुरको होल्डिङ सेन्टरमा साना नानीबाबुहरु भोकले तड्पिरहेका छन् । वृद्ध बाआमा रोगले मरिरहेका छन् । सरकारले वर्खाको बेलामा उठिबास लगाएर आफ्नै देशभित्र शरणार्थी बनाएका सुकुम्बासीहरु अझै कष्टकर जीवन विताइरहेका छन्,' उनले भने, 'यस्तो बेलामा हामी सरकारलाई प्रश्नले घेर्ने होइन सहकार्य गर्न चाहन्छौं समाजमा आशा जगाउन ।' 

शर्माले नयाँप्रतिको विश्वास किन खण्डित भइरहेको छ भनेर पनि सोच्न सुझाए । 'हिजो हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो । आज गणेश नेपालीले आत्मदाह गर्नुभयो ।  समाजमा यो प्रकारको निराशा किन हुँदैछ ? मानिसमा किन आशा टुट्यो । हामी पुरानाप्रतिको विश्वास टुट्यो तर नयाँ प्रतिको विश्वास किन खण्डित हुँदैछ । मूल प्रश्न यो हो,' उनले भने, 'हामी यसमा राजनीतिक कोणबाट हेर्न चाहँदैनौ । सिंगो समाजमा आशा मर्दै गयो भने आशा मरेको समाज बन्नका लागि झन् ढिलो ढिलो हुन्छ भन्ने कुराका प्रति गम्भीर बन्न चाहन्छौ । त्यसैले यो बेलामा अहस्य पीडा भएर म सरकार खोजिरहेका छु । सरकारलाई साथ दिनका लागि हामी सरकार खोजिरहेका छौं ।' 

उपसभापति शर्माले जनतामा विश्वास जगाउने गरी सरकार उभिनुपर्ने धारणा पनि राखे । 'प्रधानमन्त्रीज्यू तपाई प्रधानमन्त्री बन्नुपूर्वको कोमल हृदय जुन थियो नि जसले गुनगुनाएर झक्झक्याउने प्रयास गरेको थियो कि गरिबको चमेली बोल्दिने कोही छैन । आज प्रधानमन्त्रीजीले भन्दिनुपर्यो कि गरिबको चमेली बोल्दिने कोही छ । आशा जगाउनुपर्यो । विश्वास जगाउनुपर्यो । होल्डिङ सेन्टरमा एक छाक पनि नखाई कोही भोकै रहनुभएन । इन्द्रबहादुर राइले जस्तै गरेर कसै सुकुम्बासीले जीवन त्याग्नुभएन । एक अर्को गणेश नेपाली फेरि अर्को प्रेम आचार्य फेरि देशमा पैदा हुनुभएन । हामी सरकारको साथमा उभिएर साथ दिन चाहन्छौ । हात लम्काउन चाहन्छौ । अघि लाग्नुस् । विषयको गम्भीरतालाई बुझ्नुस् । कारुणिकतालाई सम्बोधन गर्नुस् । देश तपाईको साथमा उभिने छ । यो समाजमा आशा जगाउनुपर्छ । सरकार सिंहदरबार, संसद, सुकुम्बासी र निराश भएको युवा अगाडि भेटियोस् र भनोस् सरकार छ निराश हुनुपर्दैन,' उनले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।