नेभिगेशन
समाज

मिडियाको गेटमा राखेको गाडी ट्राफिकले उठाउँदै, न्युरोडमा पनि अस्तव्यस्त

काठमाडौँ। आज बिहानैदेखि कान्तिपुर र अनलाइन खबरको कार्यालय गेटमा राखिएका गाडी ट्राफिक प्रहरीले हटाउन थालेको छ । उपत्यका ट्रााफिक प्रहरी कार्यालयका अुनसार, प्रहरीले सवारी धनीको पहिचान गरिसकेको छ ।

आज बिहान तीनकुनेस्थित कान्तिपुर मिडियाग्रुपको कार्यालय, बुद्धनगरस्थित अनलाइनखबरको कार्यालय र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयको गेटमा अज्ञात व्यक्तिहरुले गाडी पार्किङ गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिव चार घण्टापछि ट्राफिक प्रहरीले क्रेन लगाएर ती गाडी हटाउन थालेको हो । ‘हामीले क्रेन लगाएर ती गाडी हटाउँदै छौंँ’ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्लेले सिधाकुरासँग भने ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार, ती गाडीका धनीहरुको नाम पहिचान भइसकेको छ । यातायात व्यवस्था विभागको अभिलेखबाट प्रहरीले सवारी धनी पत्ता लगाएर सोधपुछ गरिरहेको छ । ‘सवारी धनीको जानकारी बिना नै ड्राइभरले मिडियाको गेटमा गाडी लगेर तेर्स्याएको पाइएको छ’ काफ्ले भने ‘ड्राइभरहरु मोबाइल अफ गरेर बसेका छन्, सम्पर्क हुन सकेको छैन।’

उनका अनुसार, काठमाडौँको मुख्य व्यापारिक क्षेत्र न्युरोडमा पनि सवारी साधनहरु अव्यवस्थित रुपमा पार्किङ गरिएको छ । हिजो पनि सो क्षेत्रमा अव्यवस्थित पार्किङ गरिएको थियो भने फुटपाथ पनि कब्जा गरेर फुटपाथ व्यवसायीले व्यापार गरेका थिए ।

कसले किन यस्तो गर्यो ?

सार्वजनिक सडकदेखि मिडिया हाउसको गेटसम्म अनधिकृत पार्किङ भइरहे पनि त्यसको कारण भने अझै पत्ता लागेको छैन ।

प्रहरीले किन र कसले त्यसो गरिरहेको छ भने अनुसन्धान थालेको छ । 

‘हामीले अनुसन्धान गरिरहेका छौं तर, कारण पत्ता लागिसकेको छैन’ एक उच्च प्रहरी अधिकारीले सिधाकुरासँग भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै