नेभिगेशन
समाज
संचारमाध्यमको गेटमा शंकास्पद गाडी

पत्रकार महासंघले भन्यो– अवरोध हटाऊ, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर

काठमाडौँ । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गटेमै शंकास्पद रुपमा गाडी पार्किड गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको दाबी गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै ‘आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद गाडी पार्किङ गरी पत्रकारलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको पाइएको’ बताएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघले तत्काल गाडीको अवरोध हटाई संचारकर्मी र संचारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेको छ ।

Marvel
Extreme Energy

महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुऱ्याउने यो रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

अवरोध हटाउन महासंघले सुरक्षा निकायसँग समन्वय गरिरहेको महासचिव रामप्रसाद दाहालले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भएको छ ।
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

नेपाली सेनाले बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक सुरक्षाका लागि सञ्चालन गर्दै आएको सैनिक कल्याणकारी कोषबाट हालसम्म १० लाख हिताधिकारी लाभान्वित...
आज डलरको भाउ कति पुग्यो?

आज डलरको भाउ कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।
काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

आगामी निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ ।