नेभिगेशन
जनप्रतिनिधिका कुरा

चारवटा संसदीय समितिको बैठक बस्दै, पासपोर्ट छपाई घोटालादेखि विधेयकसम्म एजेण्डा

काठमाडौँ । प्रतिनिधि सभाका चारवटा विषयगत समितिको बैठक आज बस्दैछ । 

संसद सचिवालयकाअनुसार सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र अर्थ समितिको बैठक बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विहान ८:३० बजे बस्ने शिक्षा समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुँदैछ । छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई बोलाइएको छ । 

Ncell
Extreme Energy

यसैगरी अर्थ समितिको बैठक पनि बिहान ८:३० बजे नै बस्दैछ । बैठकमा नेपाल वीमा प्राधिकारणसँग ब्रिफिङ लिने कार्यसूची छ । 'आ.व. ०८२/८३ मा नेपाल वीमा प्राधिकारणबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, वीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्धमा, बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थान/कम्पनीको ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमी' बारे जानकारी लिइनेछ । 

यसैगरी विहान ९ बजे लेखा समिति बैठक बस्दैछ । बैठकमा विद्युतीय राहदानी छपाई घोटाला सम्बन्धमा छलफल हुनेछ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि ९ बजे नै बस्दैछ । समितिले आजदेखि अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल सुरु गर्दैछ । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री खडगराज पौडेल सहभागी हुनेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी र पहिरोले रसुवासहित सात जिल्लाको सडक अवरुद्ध छ ।
ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

काठमाडौँ उपत्यकासहित देशभर ग्यासको अभाव कायमै रहेपछि संसदीय समितिले मन्त्री र सचिव डाँकेको छ ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।