नेभिगेशन
नेताका कुरा

कांग्रेसले प्रधानमन्त्रीलाई सदनमै श्री ८ भनेकामा रास्वपा सांसदको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री ८ भनेकोमा रास्वपा सांसदले आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपाबाट निर्वाचित जेन जी सांसद शिवशंकर यादवले प्रधानमन्त्रीलाई श्री ८ भन्ने कांग्रेस सचेतक निश्कल राईको अभिव्यक्तिमा नियमापत्ति गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राईले सरकार प्रश्न गर्नेलाई रोक्न खोजिरहेको र प्रधानमन्त्री श्री ८ बन्न खोजिरहेको टिप्पणी गरेका थिए ।

Ncell
Extreme Energy

'गणेश नेपाली आत्मदाह, मिडिया हाउस र नेताका घरअगाडि गाडी पार्किङ र सुकुम्बासीको बिचल्लीमा प्रश्न उठाउनेमिथ भएको दुर्व्यवहारलगायत यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न बर्जित छ भन्ने हो। सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ,' उनले भनेका थिए । 

राईको उक्त अभिव्यक्तिमा रास्वपा सांसद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले श्री ८ नस्वीकार्ने भन्दै रेकर्डबाट हटाउन माग गरेका हुन् ।

'जुन हिसाबले अघिल्ला माननीयले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई जुन एउटा श्री ८ को भाषाले सम्बोधन गर्नुभएको छ । त्यसलाई संविधानले स्वीकार्दैन । त्यसैले यो सदनले त्यो भाषा स्वीकार्दैन । त्यसैले रेकर्डबाट हटाउन माग गर्दछु,' उनले भने ।

रास्वपाको सांसदको नियमापत्तिमा सभामुख डोलप्रसाद अर्यालले कुनै ध्यानाकर्षण जनाएनन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै