नेभिगेशन
समाज

कांग्रेसले सातै प्रदेशमा तोड्यो एमालेसँगको गठबन्धन

बागमती र गण्डकीमा एमालेका मन्त्री बर्खास्त गर्ने, कोशी र लुम्बिनीबाट बाहिरिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य तोडेको छ । कांग्रेसको पछिल्लो निर्णयअनुसार, प्रदेशतहमा रहेको कांग्रेस–एमाले गठबन्धन भत्किएको छ ।

पछिल्लो पटक कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको विवाद चर्किँदै जाँदा अन्य प्रदेशमा कायम दुई दलको गठबन्धन पनि टुटेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसका एक पदाधिकारीले भने, ‘एमालेले कर्णाली र सुदूरपश्चिममा जुन नीति लियो, त्यसले कुनै पनि प्रदेशमा सँगै रहनसक्ने अवस्था देखिएन, त्यसैले गठबन्धन नगर्ने निर्णयमा पुगियो।’

Ncell
Extreme Energy

कांग्रेसले एमालेसँगको गठबन्धन तोड्ने निर्णय सार्वजनिक गरिसकेको छैन । तर, प्रदेशका मुख्यमन्त्री र प्रदेश सभापतिहरुलाई यसबारेमा जानकारी गराइसकेको छ ।

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन् । कँडेल नेतृत्वको मन्त्रिपरिषदमा रहेका कांग्रेसका चार मन्त्रीले राजीनामा दिइसकेका छन् ।

त्यस्तै, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरिसके ।

लुम्बिनीमा एमालेका चेतनाथ आचार्य मुख्यमन्त्री छन् । अब कांग्रेस लुम्बिनी सरकारबाट बाहिरिने छ ।

त्यसैगरी, गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले एमालेका मन्त्री हटाउने छन् भने कोशी सरकारबाट कांग्रेस बाहिरिने छ । मधेश सरकारको नेतृत्व भने कांग्रेसले गरिरहेको छ ।

कांग्रेससँग थप छलफल गर्छौंः एमाले

कांग्रेसले प्रदेश तहमा गठबन्धन तोड्ने निर्णय गरेपछि एमालेले कांग्रेससँग थप छलफल गर्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले कांग्रेसको पछिल्लो कदमका कारण थप छलफल गर्ने परिस्थिति बनेको बताए ।

प्रदेश सरकारमा देखिएको समस्यालाई लिएर गत साता मात्रै कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको थियो ।

कांग्रेससँग थप छलफल गर्नुपर्ने अवस्था सिर्जना भएको छ, थप छलफल हुन्छ– आचार्यले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।