नेभिगेशन
समाज

कांग्रेसले सातै प्रदेशमा तोड्यो एमालेसँगको गठबन्धन

बागमती र गण्डकीमा एमालेका मन्त्री बर्खास्त गर्ने, कोशी र लुम्बिनीबाट बाहिरिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य तोडेको छ । कांग्रेसको पछिल्लो निर्णयअनुसार, प्रदेशतहमा रहेको कांग्रेस–एमाले गठबन्धन भत्किएको छ ।

पछिल्लो पटक कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको विवाद चर्किँदै जाँदा अन्य प्रदेशमा कायम दुई दलको गठबन्धन पनि टुटेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसका एक पदाधिकारीले भने, ‘एमालेले कर्णाली र सुदूरपश्चिममा जुन नीति लियो, त्यसले कुनै पनि प्रदेशमा सँगै रहनसक्ने अवस्था देखिएन, त्यसैले गठबन्धन नगर्ने निर्णयमा पुगियो।’

Marvel

कांग्रेसले एमालेसँगको गठबन्धन तोड्ने निर्णय सार्वजनिक गरिसकेको छैन । तर, प्रदेशका मुख्यमन्त्री र प्रदेश सभापतिहरुलाई यसबारेमा जानकारी गराइसकेको छ ।

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन् । कँडेल नेतृत्वको मन्त्रिपरिषदमा रहेका कांग्रेसका चार मन्त्रीले राजीनामा दिइसकेका छन् ।

त्यस्तै, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरिसके ।

लुम्बिनीमा एमालेका चेतनाथ आचार्य मुख्यमन्त्री छन् । अब कांग्रेस लुम्बिनी सरकारबाट बाहिरिने छ ।

त्यसैगरी, गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले एमालेका मन्त्री हटाउने छन् भने कोशी सरकारबाट कांग्रेस बाहिरिने छ । मधेश सरकारको नेतृत्व भने कांग्रेसले गरिरहेको छ ।

कांग्रेससँग थप छलफल गर्छौंः एमाले

कांग्रेसले प्रदेश तहमा गठबन्धन तोड्ने निर्णय गरेपछि एमालेले कांग्रेससँग थप छलफल गर्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले कांग्रेसको पछिल्लो कदमका कारण थप छलफल गर्ने परिस्थिति बनेको बताए ।

प्रदेश सरकारमा देखिएको समस्यालाई लिएर गत साता मात्रै कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको थियो ।

कांग्रेससँग थप छलफल गर्नुपर्ने अवस्था सिर्जना भएको छ, थप छलफल हुन्छ– आचार्यले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै