नेभिगेशन
समाज

माइतीघरमा गोलभेंडा आन्दोलन

काठमाडौँ । उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौँ आसपासका तरकारी उत्पादक किसानले माइतीघर मण्डलमा आज गोलभेंडा (टमाटर) सडकमै फालेर विरोध जनाएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको तरकारीको उचित मूल्य नपाएको उनीहरुको गुनासो थियो ।

सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै आफूहरू आन्दोलनमा उत्रिनु परेको आन्दोलनमा सहभागी एक किसानले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामीले उत्पादन गरेको टमाटर लामो समयसम्म बिक्री हुँदैन, उत्पादनको लागतसमेत उठाउन कठिन भएको छ र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेकाले आन्दोलनमा आउन बाध्य भएका हौँ’ उनले भने ।

Ncell
Extreme Energy

हरेक कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बीउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

बजारमा पठाउन तयार भएको तरकारी बिचौलियाले आफूहरूसँग थोरै पैसामा खरिद गर्ने र उपभोक्तालाई महँगो मूल्यमा बेच्ने गरेको गुनासो पनि उनीहरुको छ । किसानको गरेको उत्पादनलाई सिधै उपभोक्तासँग जोड्न सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।