नेभिगेशन
अपराध

सुनिल पौडेलले ३ करोड घुस लिएको ठहर, आठ वर्ष ६ महिना कैद सजाय

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई घुस लिएको मुद्दामा आठ वर्ष ६ महिना कैद सजाय भएको छ।

केन्द्रका लागि ‘सेक्युरिटी अप्लायन्स र नेटवर्क इक्विपमेन्ट’ को खरिद गर्दा २ लाख ८० हजार अमेरिकी डलर बराबर घुस लिएको मुद्दामा विशेष अदालतले पौडेललाई विशेष अदालतले दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त रकम नेपाली रूपैयाँ अनुसार ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ हुन्छ।

Ncell
Extreme Energy

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार उनलाई सजाय निर्धारण गरेको हो।

उनले प्रविधि केन्द्रमा कार्यकारी निर्देशक हुँदा घुस लिएको भन्दै इजलासले थप ६ महिना कैद सजाय सुनाएको हो।

अदालतले पौडेलसँगै घुस दिने कार्यमा संलग्न दिपक आनन्दलाई पनि दोषी ठहर गरेको छ। आनन्द भारतीय नागरिक हुन्।

दुई जनाविरूद्ध कायम भएको ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँको दामासाही हुने जनही एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला भएको हो।

त्यस्तै उनीहरूबाट ६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश गरेको छ।

यसअघि विशेष अदालतले मंगलबार गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा उनलाई साढे २ वर्षको कैद सजाय सुनाएको थियो। उनी नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशकको रूपमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै उक्त सजाय सुनाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।