नेभिगेशन
अपराध

सुनिल पौडेलले ३ करोड घुस लिएको ठहर, आठ वर्ष ६ महिना कैद सजाय

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई घुस लिएको मुद्दामा आठ वर्ष ६ महिना कैद सजाय भएको छ।

केन्द्रका लागि ‘सेक्युरिटी अप्लायन्स र नेटवर्क इक्विपमेन्ट’ को खरिद गर्दा २ लाख ८० हजार अमेरिकी डलर बराबर घुस लिएको मुद्दामा विशेष अदालतले पौडेललाई विशेष अदालतले दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त रकम नेपाली रूपैयाँ अनुसार ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ हुन्छ।

Marvel

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार उनलाई सजाय निर्धारण गरेको हो।

उनले प्रविधि केन्द्रमा कार्यकारी निर्देशक हुँदा घुस लिएको भन्दै इजलासले थप ६ महिना कैद सजाय सुनाएको हो।

अदालतले पौडेलसँगै घुस दिने कार्यमा संलग्न दिपक आनन्दलाई पनि दोषी ठहर गरेको छ। आनन्द भारतीय नागरिक हुन्।

दुई जनाविरूद्ध कायम भएको ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँको दामासाही हुने जनही एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला भएको हो।

त्यस्तै उनीहरूबाट ६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश गरेको छ।

यसअघि विशेष अदालतले मंगलबार गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा उनलाई साढे २ वर्षको कैद सजाय सुनाएको थियो। उनी नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशकको रूपमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै उक्त सजाय सुनाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् ।
बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । तर अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत्, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको...
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।