नेभिगेशन
समाज

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

रूपन्देही । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । 

उनी माथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।  शाह कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । 
 

Marvel

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् ।
बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । तर अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत्, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको...
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।