नेभिगेशन
जनप्रतिनिधिका कुरा

कृषि समितिले बोलायो वनमन्त्री, समावेशी आयोगसँग छलफल गर्दै महिला समिति

काठमाडौँ । कृषि तथा प्राकृतिक स्रोत समितिले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई बोलाएको छ । 

कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्न मन्त्री चौधरी सहित मन्त्रालयको टिमलाई बोलाइएको समितिले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको बैठक विहानको ९:३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बस्दैछ । 
 
यसैगरी आजै समितिको दोस्रो बैठक १२ बजे बस्दैछ । आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन  रणनीति बारे छलफल गर्न बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

यसैगरी आजै महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय समावेशी आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी र पहिरोले रसुवासहित सात जिल्लाको सडक अवरुद्ध छ ।
ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

काठमाडौँ उपत्यकासहित देशभर ग्यासको अभाव कायमै रहेपछि संसदीय समितिले मन्त्री र सचिव डाँकेको छ ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।