नेभिगेशन
समाज

प्रत्येक १० मिनेटमा गर्न थालियो ध्रुर्वे हात्तीको गतिविधि निगरानी

काठमाडौँ । पच्चीस जना मानिसको ज्यान लिएको ध्रर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो ।

बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शुक्रबार बिहान ध्रुर्वे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रेडियो कलरले १०–१० मिनेटमा सूचना दिइरहेको उनले जानकारी दिए । हात्तीलाई डार्ट गरेपछि हर्मन नियन्त्रण गर्ने औषधिसमेत चलाइएको छ । हात्तीको दुईवटै दाह्रा ६ इञ्च काटिएको छ । चौथो पटक ध्रुर्वेको दाह्रा काट्ने र रेडियो कलर जडान गर्ने काम गरिएको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

ध्रुर्वे हात्ती बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको उनले बताए ।

हात्तीले गत असार २० गते राति एकैपरिवारका दुई जनाको ज्यान लिएको थियो । हालसम्म उक्त हात्तीले २५ जनाको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पुनः यो किसिमको घटना हुन नदिन उच्च सतर्कता अपनाइएको हो ।

हात्तीले विसं २०७४ मा नेपाली सेनाका एक सेनानी ९मेजर० लाई आक्रमण गरेर मारेको थियो । निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुर्वेले विसं २०६८/६९ ताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि २०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो ।

तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुर्वे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो । विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुर्वेले २०६९ सालसम्म १५ जनालाई मारेको थियो ।

निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायतका जङ्गली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुने गर्दछन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...