नेभिगेशन
समाज

व्यक्तिभन्दा नीति र प्रणाली देशभर पुग्नुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिकेन्द्रित राजनीतिक अभ्यासभन्दा नीति र प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आफू निर्वाचन क्षेत्रमा ढिलो पुगे पनि पार्टीको संरचना र सरकारका नीतिमार्फत काम अघि बढिरहेको उनको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले जनप्रतिनिधिको भौतिक उपस्थितिभन्दा नीतिगत काम र प्रणालीको प्रभाव देशभर पुग्नु महत्त्वपूर्ण हुने बताए ।

Marvel
Extreme Energy

‘जिम्मेवारी धेरै छ । तर व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रूपमा म ढिला आए पनि सरकारको रूपमा, पार्टीको रूपमा पार्टीको संरचना र सरकारका नीतिहरू देशभर पुगिरहेका छन्’, उनले भने, ‘हाम्रो उद्देश्य पनि त्यही हो । व्यक्ति आउनुभन्दा पनि नीति आउनुपर्‍यो । राज्यको नीति आउने क्रम जारी छ ।’

आफ्नो निर्वाचन क्षेत्र चितवन आउन ढिलाइ भए पनि यहाँ नीतिगत कामहरू भइरहेको उनले बताए । राजनीतिक नेतृत्वको उपस्थिति मात्रलाई उपलब्धि मान्नुभन्दा संस्थागत संरचना र नीतिमार्फत जनतासम्म सेवा तथा काम पुग्नुपर्ने उनको भनाइ थियो ।

लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रमसहित बिहीबार त्यहाँ पुगेका हुन् ।

रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन पुगेपछि लामिछाने पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीसँग संगठनात्मक छलफलमा सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, शुक्रबार बिहान उनले नारायणी नदी किनारको कटान प्रभावित क्षेत्रको अवलोकन गर्ने र त्यससँग सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको खनालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...