काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधिका लागि सोमबार बिहान साविक विजेता अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । दुई टिम ६० वर्षपछि अमेरिकोका न्यू जर्सी मैदानमा भेट्न लागेका हुन् । खेल नेपाली समयअनुसार १२ः४५ बजे सुरु हुनेछ ।
स्पेन २०१० पछि दोस्रो पटक उपाधि जित्ने दाउमा छ । सन् २०१० मा पनि टिम पहिलो पटक फाइनलमा पुगेको थियो । त्यति बेला टिमले दुई पटक युरो कपको उपाधि जितेको थियो । यसपटक पनि टिम युरोकप जिते लगत्तै विश्वकपको फाइनलमा पुगेको छ । यही कीर्तिमान पुनः रच्ने दाउमा स्पेन छ ।
यता, अर्जेन्टिना चौथो पटक उपाधि जित्ने योजनामा छ । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको छ । त्यस्तै, सन् १९३०, १९९० र २०१४ मा उपविजेता भएको थियो ।
ब्राजिल र इटालीपछि अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप ट्रफी उचाल्न चाहन्छ । इटालीले सन् १९३८ र ब्राजिलले १९६२ पछि लगातार दुई उपाधि जितेका थिए । यता, अर्जेन्टिना पनि सन् २०२२ मा फिफा विश्वकप जित्दा कोपा अमेरिकी च्याम्पियन भएको थियो । टोली त्यही कीर्तिमान यसपटक पनि रच्ने तयारीमा छन् ।
फाइनल खेललाई स्पेनको डिफेन्स र अर्जेन्टिनाको अट्याकबीचको प्रतिस्पर्धाको रुपमा लिइएको छ । प्रतियोगिताको स्पेनको डिफेन्स र मिडफिल्डरले सानदार प्रदर्शन गरेका छन् । अर्जेन्टिनाको अग्रपंक्ति अन्य टिमको तुलनामा धेरै राम्रो देखिएको हो ।
प्रतियोगितामा सानदार प्रदर्शन गर्दै स्पेनले मात्र एक गोल बेहोरेको छ । स्पेनलाई गोल गर्न विपक्षीलाई निकै संघर्ष गर्नुपरेको छ । कप्तान रोड्रीसँगै स्पेनको लागि मार्क कुकुरेला, पाउल कुवार्सीले सानदार प्रदर्शन गरिरहेका छन् ।
यता, प्रतियोगितामै अर्जेन्टिनाले फाइनल खेल्दा सबैभन्दा धेरै १९ गोल गरेको छ । कप्तान मेसीले एक्लै ८ गोल गरेका छन् । मेसीबाहेक लौटारो मार्टिनेज, जुलिएन अल्भारेज, एन्जो फर्नान्डेज, एलिक्सेस मार्क एलिस्टरले सानदार प्रदर्शन जारी राखेका छन् ।
अर्काे तथ्यांक हेर्ने भने भने विश्वकपको ९६ वर्षीय इतिहासमा २३ पटक फाइनल हुँदैछ । जसमा १२औं पटक फाइनलमा युरोपियन टिम र अमेरिकी टिमबीच प्रतिस्पर्धा हुँदैछ । युरोप र अमेरिकी प्रतिस्पर्धामा अमेरिकी टिम नै बलियो देखिएका छन् । १२ फाइनल भेटमा अमेरिकी टिमले ७ पटक उपाधि जितेको छ भने युरोपेली राष्ट्रले तेस्रो पटक उपाधि जितेको छ ।
१९ वर्षअघिको त्यो चर्चित फोटो
यो फाइनलमा सबैभन्दा बढी चर्चा अर्जेन्टिनी कप्तान लियोनल मेसी र स्पेनिस अट्याकर लामिन यमलबीच भइरहेको छ । मेसी अर्जेन्टिनाका लागि सर्वकालिन महान खेलाडीको रुपमा परिचित भइसके । त्यही दौडमा स्पेनिस १९ वर्षीय युवा यमल रहेका छन् । उनले पछिल्लो तीन वर्षमा सनसनी प्रदर्शन गर्दै विश्व बजारमा तहल्का पिटिरहेका छन् ।
मेसीले आफ्नो वाल्यकाल नै स्पेनिस क्लब बार्सिलोनामा बिताए । त्यहा खेल्दा मेसीले नजितेको उपाधि बाँकी भनेको केही छैन ।
अहिले करिब १९ वर्षअघिको एउटा फोटो निकै चर्चित बनेको छ । मेसीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको एक च्यारिटी फोटोसुटक्रममा तीन महिनाका यमललाई काँखमा लिएका थिए । उनले यमललाई नुहाएका पनि दिए । त्यति बेला मेसी मात्र २० वर्षका थिए ।
आज उनै यमल पहिलो पटक मेसीसँग अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्दैछन् । यो तस्विर २०२४ मा भाइरल भएको थियो । यो फोटो विश्वफुटबलकै इतिहासमा धेरै चर्चित बनेको छ ।
यो फोटो चर्चित भएपछि नै मेसी र यमलबीच भेट तय भएको थियो । युरोपेली च्याम्पियन र कोपा च्याम्पियनबीच प्रतिस्पर्धा टुंगो लागेको थियो । तर, खाडीमा बढेको तनावका कारण यो खेल नै हुन सकेन । अब भने मेसी र यमलबीचको भेट पक्का भएको छ । मेसीले फाइनल खेलअघि यमलको भविष्य सुन्दर रहेको बताउँदै तत्काललाई उनलाई रोक्ने खेल्न बताएका छन् ।
प्रतियोगिताभर स्पेनले मात्र एक गोल बेहोर्यो
प्रतियोगिताभर स्पेनले सानदार प्रदर्शन गर्न सफल भएको छ । उसले मिडफिल्डमा, डिफेन्स र गोलकिपिङमा अविस्मरणीय प्रदर्शन गरेको छ ।
उसले फाइनलसम्को यात्रामा मात्र एक गोल बेहोरेको हो । सात मध्ये ६ खेलमा गोलकिपर उनाइ सिमोनले मात्र एक गोल बहोरेका छन् । टोलीले सन् २०२४ देखि ३७ खेलमा अपराजित यात्रा कायम राखेको हो । पहिलो खेलमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलको थियो ।
यसपछि उसले साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल, बेल्जियम र प्mान्सविरुद्ध जित निकालेको थियो । टोलीको सानदार प्रदर्शनमा मिडफिल्डमा कप्तान रोड्रीले प्रभावशाली प्रदर्शन गरेका छन् । उनले विपक्षीलाई दबाब बनाउन नदिने र गोलको लागि अवसर बनाउँदै प्रतियोगिताकै सर्वाधिक ६४८ पास पूरा गरेका छन् । स्ट्राइकर मिकेल ओयर्जाबालले एक्लै पाँच गोल गर्दा स्पेनले प्रतियोगितामा कूल १३ गोल गरेको छ ।
अर्र्जेन्टिना लगातार सात खेलमा जित्दै फाइनलमा
कप्तान मेसीको सानदार प्रदर्शनसँगै अर्जेन्टिनाले पनि आफ्नो लयलाई कायम राखेको छ ।
समूह चरणका एकपक्षीय जित निकालेको उसले नकआउटमा सबै खेल जित्न निकै संघर्ष गरेको छ । अल्जेरियाविरुद्धको जितमा कप्तान मेसीले ह्याट्रिक गरेपछि अर्र्जेन्टिना ३–० ले विजयी भयो । त्यसपछि टिमले अस्ट्रिया, जोर्डन, केप भर्डे, इजिप्ट, स्विजरल्यान्ड र इग्ंल्याण्डलाई हराएको थियो ।
इंग्ल्यान्डविरुद्ध १ गोलले पछि परेको अवस्थामा अन्तिम ७ मिनेटमा दुई गोल फर्काउँदै छैटौं पटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाले ७ खेलमा जित निकाल्दै प्रतियोगिताकै सर्वाधिक १९ गोल गरेको छ । कुनै पनि टिमले प्रतियोगितामा १९ गोल गरेको पहिलो पटक हो ।
गोल्डेन बुटमा मेसीलाई एम्बाप्पले पछि पारे
शनिबार तेस्रो स्थानको खेलअघि समान ८ गोल गरेपछि मेसी गोल्डेन बुट दौडमा अग्रस्थानमा थिए । तर, तेस्रो स्थानको खेलसँगै मेसी दुई कीर्तिमान बनाउन दोस्रो स्थानमा झरेका छन् ।
तेस्रो स्थानको खेलमा फ्रान्सका कप्तान केलिएन एम्बाप्पेले इंग्ल्यान्डविरुद्ध दुई गोल गरे । यद्यपि खेलमा फ्रान्स ६–४ ले पराजित भयो । यो खेलमा एम्बाप्पेले मेसीलाई पछि पार्दै विश्वकपमा सर्वाधिक १० गोल गरेका छन् । मेसीको मात्र ८ गोल रहेको छ । यता, विश्वकप इतिहासमा धेरै गोल गर्ने कीर्तिमानमा पनि एम्बाप्पेले मेसीलाई पछि पारेका छन् । एम्बाप्पेले २२ खेलमा २२ गोल गरे ।
मेसीले ३३ खेलमा २१ गोल गरेका छन् । अब, मेसीले गोल्डेन बुट जित्न स्पेनविरुद्ध कम्तिमा २ गोल गर्र्नैपर्ने हुन्छ । यही विश्वकपमा मेसी र एम्बाप्पेले सन् २०१४ देखि जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई भेट्टाएका थिए ।
हेड टु हेड बराबरी
स्पेन र अर्जेन्टिनाबीच हेट टु हेट बराबरीको अवस्थामा रहेको छ । अहिलेसम्म दुई टिमबीच कूल १४ गोल भएका छन् । दुबै टिमले समान ६ खेल जित्दा २ खेल बराबरी भएका हुन् । विश्वकपमा भने अहिलेसम्म एकमात्रै भेट भएको छ । सन् १९६६ मा भएको खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले हराएको थियो । पछिल्लो पटक दुई टिमबीच भेट सन् २०१८ मा भएको थियो । यो खेलमा भने स्पेन अर्जेन्टिनामाथि ६–१ को जित निकाल्न सफल भएको थियो