नेभिगेशन
समाज

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालीको महान् पर्व बडादसैँका अवसरमा ठमेलस्थित काठमाडौँ इको होटलमा विदेशी पर्यटकले नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् ।

Ncell
Extreme Energy

नेपाल भ्रमणमा आएका पर्यटकले नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको अनुभव लिँदै दसैँ मनाएका छन् । उनीहरूका लागि टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसरसमेत बनेको छ ।

पछिल्लो समय नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर आउने विदेशी पर्यटकले नेपाली संस्कार र परम्पराअनुसारका पर्व तथा उत्सवमा सहभागी हुने गरेका छन् ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं काठमाडौँ इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैँले नेपाली र विदेशीबीच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...