नेभिगेशन
समाज

भारत–अमेरिका व्यापार सम्झौता टुङ्ग्याउने तयारी

काठमाडौँ । भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्दै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुम्बईमा मङ्गलबार भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका साथै क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Ncell
Extreme Energy

भेटवार्ताका क्रममा रुबियोले प्रस्तावित व्यापार सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषय मात्र टुङ्ग्याउन बाँकी रहेको बताएका छन् । सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र यसको घोषणा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

भारत र अमेरिकाबीच प्रमुख राष्ट्रिय हितका विषयमा असाधारण तालमेल रहेको उल्लेख गर्दै रुबियोले दुई देशबीच कूटनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् । उनले मुम्बईलाई भारतको आर्थिक केन्द्रका रूपमा उल्लेख गर्दै त्यहाँबाट व्यापार तथा लगानी विस्तारको सम्भावना रहेको धारणा राखेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारी थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावको पक्षमा मस्क

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावको पक्षमा मस्क

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो स्वामित्वका कम्पनी स्पेसएक्स र टेस्लालाई गाभ्ने प्रस्तावको समर्थन गरेका छन्। दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेका बेला मस्कले यस्तो...
नवदुर्गासँग जोडिएको मोहनी नखः उल्लासपूर्वक मनाए नेवार समुदायले

नवदुर्गासँग जोडिएको मोहनी नखः उल्लासपूर्वक मनाए नेवार समुदायले

भक्तपुरका नेवार समुदायले विजयादशमीका अवसरमा मोहनी नखः उल्लासपूर्वक मनाएका छन्। नवदुर्गा भवानीको आराधनासँग जोडिएको यस पर्वमा नेवार समुदायले मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र...
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।