नेभिगेशन
समाज

आज नेपाल प्रहरीले तीन रुटमा चलाउनेछ निःशुल्क बस

काठमाडौँ । बडादसैँका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले कात्तिक ३ र ४ गते निःशुल्क बस सेवा सञ्चालन गरिरहेको हो। बुधबार बिहान ८ बजेदेखि सिफ्ट सञ्चालन सञ्चालन भएको थियो।दिउँसो ३ः३० बजेदेखि दोस्रो सिफ्ट सञ्चालन हुनेछ।

Ncell
Extreme Energy

रुट नं. १ अन्तर्गत नयाँ बसपार्कबाट बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, टिचिङ र चक्रपथ हुँदै पुनः नयाँ बसपार्क पुग्नेछ।

रुट नं. २ अन्तर्गत सूर्यविनायकबाट सल्लाघारी, कोटेश्वर, बानेश्वर, रत्नपार्क, नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, सुकेधारा, चाबहिल, गौशाला र एयरपोर्ट हुँदै कोटेश्वर भएर सूर्यविनायक पुग्नेछ।

त्यस्तै, रुट नं. ३ अन्तर्गत नारायण गोपाल चोकबाट चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, चक्रपथ, महाराजगञ्ज, सोह्रखुट्टे, बालाजु चोक र नयाँ बसपार्क हुँदै पुनः नारायण गोपाल चोक पुग्नेछ।

दसैँका बेला सार्वजनिक यातायातमा हुने चाप तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउने उद्देश्यले प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपालीबीचको पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्।
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङमा पर्यटकको चहलपहल बढ्न थालेको छ।
लगाइयो साइतको टीका

लगाइयो साइतको टीका

विजयादशमीका अवसरमा आज बुधबार बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिएको छ।