नेभिगेशन
मुख्य समाचार

गर्न थालियो देवी विसर्जन

काठमाडौँ । विजयादशमीका दिन बुधबार बिहान काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु मन्दिरमा जमरा चढाउन तथा पूजा–आराधना गर्न आएका भक्तजनको भीड लागेको छ। दशैंको मुख्य दिन आज भक्तजनले मन्दिरमा पूजा–आराधना गरी जमरा चढाएका छन् भने घटस्थापनाका दिन स्थापना गरिएका देवीको विधिपूर्वक विसर्जन गर्ने क्रम पनि सुरु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने परम्परा छ। आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ विजयादशमी मनाइँदै छ।

Ncell
Extreme Energy

दशैंघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएकी देवीको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको छ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताउनुभएको छ। राज्य सञ्चालकका लागि भने शुभ साइतमा टीका लगाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो।

समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जन गर्ने साइत आज बिहान ८ः४९ बजे रहेको छ।

आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो। धार्मिक मान्यताअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको स्मरणमा यो पर्व मनाउन थालिएको हो।

आज गुरु–पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद लिने परम्परा छ। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी टीका लगाउने चलनसमेत रहेको छ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस अवधिमा टीका लगाउन तथा आशीर्वाद लिन जाने भक्तजनको चहलपहल बढ्ने गर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज नेपाल प्रहरीले तीन रुटमा  चलाउनेछ निःशुल्क बस

आज नेपाल प्रहरीले तीन रुटमा चलाउनेछ निःशुल्क बस

बडादसैँका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपालीबीचको पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्।
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङमा पर्यटकको चहलपहल बढ्न थालेको छ।
लगाइयो साइतको टीका

लगाइयो साइतको टीका

विजयादशमीका अवसरमा आज बुधबार बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिएको छ।