नेभिगेशन
समाज

लगाइयो साइतको टीका

काठमाडौँ । विजयादशमीका अवसरमा बुधबार (आज) बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर विजयादशमी मनाइँदै छ।

Ncell
Extreme Energy

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो। विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्। राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने उनले जानकारी दिए।

घटस्थापनाका दिन दशैंघर वा पूजाकोठामा स्थापना गरी नौ दिनसम्म पूजा–आराधना गरिएकी देवीको प्रसाद आज मान्यजनबाट ग्रहण गर्ने परम्परा छ। घटस्थापनाका दिन राखिएको जमरा समृद्धिको प्रतीकका रूपमा टीकासँगै लगाइन्छ।

आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो। धार्मिक मान्यताअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको स्मरणमा यो पर्व मनाउन थालिएको हो।

आज गुरु–पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद लिने परम्परा छ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
आज नेपाल प्रहरीले तीन रुटमा  चलाउनेछ निःशुल्क बस

आज नेपाल प्रहरीले तीन रुटमा चलाउनेछ निःशुल्क बस

बडादसैँका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपालीबीचको पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्।
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङमा पर्यटकको चहलपहल बढ्न थालेको छ।