नेभिगेशन
समाज

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमका मुगु प्रमुख उमेश चौधरीका अनुसार टावरमा जडान गरिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सञ्चार सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले बिदा सकिएपछि मात्रै मर्मत गर्न सकिने उनले बताए ।

Ncell
Extreme Energy

टावरमा समस्या आएपछि मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा सञ्चार सेवा प्रभावित भएको छ ।

अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर समस्या समाधान गर्न आग्रह गरिएको बताए । सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने–जाने आफन्तसँग सम्पर्क गर्न र रकम पठाउनसमेत समस्या भएको उनले बताए ।

भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिक टेलिकमको सेवा बन्द हुँदा थप सास्तीमा परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज नेपाल प्रहरीले तीन रुटमा  चलाउनेछ निःशुल्क बस

आज नेपाल प्रहरीले तीन रुटमा चलाउनेछ निःशुल्क बस

बडादसैँका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपालीबीचको पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्।
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङमा पर्यटकको चहलपहल बढ्न थालेको छ।
लगाइयो साइतको टीका

लगाइयो साइतको टीका

विजयादशमीका अवसरमा आज बुधबार बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिएको छ।