नेभिगेशन
समाज

११७ वर्षकी कामिल मार्रा को हुन्?

एजेन्सी । अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई विश्व कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँग बिताउने समय बढी प्रिय छ। उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा उनी बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछिन्। क्याटरहमलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दोस्रो विश्वयुद्ध अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकी छन्। राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनी फलफूलका रूखले घेरिएको घरमा आफ्नै लागि खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने गर्थिन्।

Ncell
Extreme Energy

“जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ”, उनले मुस्कुराउँदै भनिन्। उनको विश्वास छ, “भगवान्ले जति समय बाँच्न लेख्नुभएको छ, मानिस त्यतिन्जेल बाँच्छ।”

उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालै जारी गरिएको परिचयपत्र परिवारसँग सुरक्षित छन्। सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ। उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आईजी नोबेल पुरस्कार प्राप्त गरेको एक अध्ययनले पनि औँल्याएको थियो।

मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार आमाको उमेर १०० वर्ष पुगेपछि स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए। त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्रै पेन्सन पुनः सुरु भएको थियो। यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ।

मार्रा अझै बिहान उठेर आँगन सफा गर्छिन्, फूलमा पानी हाल्छिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिन्छिन्। छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्छिन् र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन्। छोराका अनुसार उनको स्वास्थ्य राम्रो छ र उनले अहिलेसम्म औषधि लिएकी छैनन्।

श्रीमान्को निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका दिन सम्झेर मुस्कुराउँछिन्। परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनले भनिन्, “नत्र म उनीसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र?”

मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखेकी छन्। आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उनी भावुक बन्छिन्, तर परिवारका सदस्य घर आउँदा खुसी हुन्छिन्। “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु”, उनले भनिन्।

युवावस्थाको सम्झनाका रूपमा उनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ। उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गर्न थालियो देवी विसर्जन

गर्न थालियो देवी विसर्जन

विजयादशमीका दिन बुधबार बिहान काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु मन्दिरमा जमरा चढाउन तथा पूजा–आराधना गर्न आएका भक्तजनको भीड लागेको छ।
हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।