नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट होऔं

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले हरेक नागरिकलाई सरकार आफ्ना लागि छ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् ।

Ncell
Extreme Energy

विजयादशमीले मानिसमा रहेका अहङ्कार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गर्दै बालेनले यस्ता विकृति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका छन् ।

‘परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री बालेनले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा व्याख्या गरेका छन् । पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने उनको भनाइ छ । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्न जाने परम्पराले पारिवारिक आत्मीयता बढाउने उनले उल्लेख गरेका छन् ।

विविध भौगोलिक, सांस्कृतिक र भाषिक पहिचान भएको नेपाली समाजमा विजयादशमीले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताबद्ध गर्न तथा वर्षौँदेखि छुट्टिएका साथीभाइ र आफन्तसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने उनले बताएका छन् ।

अन्त्यमा उनले सबैलाई आआफ्नो क्षमता र अवस्थाअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीका अवसरमा आयोजित परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् ।
कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।