नेभिगेशन
समाज

ब्रह्मायणी जात्रामा बिहानैदेखि भक्तजनको भीड

भक्तपुर। भक्तपुरको ब्रह्मायणी मन्दिरमा विजयादशमीका अवसरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै भक्तजनको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासका साथ प्रत्येक वर्ष विजयादशमीका दिन भव्य मेला लाग्ने परम्परा छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भक्तपुरवासी धिमेबाजा बजाउँदै मध्यरातिदेखि नै ब्रह्मायणी मन्दिर पुगेर जात्रामा सहभागी भएका छन् । व्रत बसेका भक्तजन घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै तथा शरीरमा पाँच, सात र १८ वटा दियो बालेर पुग्ने र पूजा गर्ने परम्परा छ । यसरी शरीरमा बत्ती बाल्ने र शरीर नाप्दै मन्दिरसम्म पुग्ने चलनले मनोकाङ्क्षा पूरा हुने तथा धर्म प्राप्त हुने जनविश्वास छ ।

Ncell
Extreme Energy

नवदुर्गा प्रकट हुने धार्मिक विश्वासका कारण मन्दिरमा दिनभरि नै मेला लाग्ने गर्दछ । नेवार समुदायमा विजयादशमीका दिन मोहिनी नखः मनाउँदै घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजासामग्री लिएर ब्रह्मायणी मन्दिर जानुपर्ने परम्परा छ ।

जात्रामा भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुललगायतका स्थानका साथै काभ्रे, ललितपुर र काठमाडौँबाट समेत भक्तजन आउने गरेका छन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका र कुखुराको भालेको बलि दिने चलन छ ।

गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई मङ्गलबार साँझ ब्रह्मायणी जात्राका क्रममा बध गरिएको थियो । नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताइएको राँगोलाई अबिर र तेल दलेर दौडाउँदै तथा लखेट्दै ब्रह्मायणी मन्दिर पुर्‍याई बध गरेपछि जात्रा सुरु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीका अवसरमा आयोजित परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् ।