नेभिगेशन
समाज

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विजयादशमीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै लामिछानेले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गरेका छन् । उनले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Ncell
Extreme Energy

धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको उल्लेख गर्दै उनले यस्तो संवेदनशील परिस्थितिमा विजयादशमीले नेपाली समाजमा सकारात्मक ऊर्जा र एकता बढाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा निःस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गरेका छन् ।

‘असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्,’ लामिछानेले शुभकामना सन्देशमा भनेका छन् ।

उनले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गर्न थालियो देवी विसर्जन

गर्न थालियो देवी विसर्जन

विजयादशमीका दिन बुधबार बिहान काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु मन्दिरमा जमरा चढाउन तथा पूजा–आराधना गर्न आएका भक्तजनको भीड लागेको छ।
हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।