नेभिगेशन
समाज

कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूबाट १२ वर्ष छ महिना आठ दिन कैद सजाय तथा १६ लाख ६६ हजार ९७२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Ncell
Extreme Energy

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका प्रतिवादीलाई कैद सजाय भुक्तान गराउन तथा जरिवाना असुल गर्न अदालतमा बुझाइएको छ ।

चेक अनादर, बिगो लेनदेन, बैङ्किङ कसुर, सवारी ज्यान र अभद्र व्यवहारलगायत मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाएको छ । गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । असोज महिनामा चालु मुद्दाका क्रममा ११२ जनालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार असोजमा अपराधसँग सम्बन्धित १५९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सात, आर्थिक अपराधका २४ र अन्य अपराधका १०३ मुद्दा छन् ।

सोही अवधिमा सामाजिक हिंसासम्बन्धी ६९ वटा ठाडो उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।