नेभिगेशन
समाज

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ । जीवित देवी कुमारीलाई मङ्गलबार राति हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परम्पराअनुसार तान्त्रिक र वैदिक विधिबाट कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

Ncell
Extreme Energy

कुमारीलाई दर्शनका लागि रथयात्रासहित सुरक्षित रूपमा कुमारी घरबाट तलेजु परिसरमा पुर्‍याइएको थियो । दर्शन गराउने क्रममा देवी तलेजु भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो ।

तलेजु भवानीको दर्शनबाट शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । हनुमानढोका दरबारको उत्तरतर्फ रहेको तीनतले प्यागोडा शैलीको मन्दिरमा तलेजु भवानीको मूर्ति छ । इतिहासअनुसार मल्ल राजाहरूले तलेजु भवानीलाई आफ्नो कुलदेवताका रूपमा मान्ने गर्थे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीका अवसरमा आयोजित परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् ।
कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।