नेभिगेशन
समाज

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढे

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङमा पर्यटकको चहलपहल बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको आगमन सुरु भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यातायात सेवा सहज भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित माउन्टेन भ्यु होटलका सञ्चालक निमा लामाले जानकारी दिनुभयो। पर्यटक आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीमा उत्साह थपिएको उनले बताए।

Ncell
Extreme Energy

जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि लाङटाङ पुग्न सकिन्छ। अहिले धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने वैकल्पिक मार्ग तय गरिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य हो। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिका कारण प्रभावित बनेको यस क्षेत्रमा अहिले पर्यटकको आगमन पुनः बढ्न थालेको लाङटाङका वडाध्यक्ष डुण्ढु ज्याङवा तामाङले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
आज नेपाल प्रहरीले तीन रुटमा  चलाउनेछ निःशुल्क बस

आज नेपाल प्रहरीले तीन रुटमा चलाउनेछ निःशुल्क बस

बडादसैँका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपालीबीचको पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन्।
लगाइयो साइतको टीका

लगाइयो साइतको टीका

विजयादशमीका अवसरमा आज बुधबार बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिएको छ।