नेभिगेशन
समाज

काठमाडौँको टेकुमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय सहित ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टेकुमा गोली चलाएको छ । लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

ब्यूरोका प्रमुख एवं एसएसपी सुवासचन्द्र बोहराका अनुसार काठमाडौँ महानगरपालिकाको फोहोरमैला संकलन केन्द्र नजिकै गोली चलाएर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा भारतीय नागरिक राज सोनी रहेका छन् ।

Marvel

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पुगेको टोलीलाई आक्रमण प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाइएको छ । 

सोनीको दुई वटै खुट्टाको घुँडामुनी गोली लागेको छ ।

घाइते सोनीलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । प्रहरीले सोनीबाट टापेन्टाडल नाम गरेको २४ हजार सात सय वटा ट्याबलेट बरामद गरेको छ । 


सोनीसँगै प्रहरीले दुई नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् ।
बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । तर अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत्, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको...
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।