नेभिगेशन
समाज

काठमाडौँको टेकुमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय सहित ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टेकुमा गोली चलाएको छ । लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

ब्यूरोका प्रमुख एवं एसएसपी सुवासचन्द्र बोहराका अनुसार काठमाडौँ महानगरपालिकाको फोहोरमैला संकलन केन्द्र नजिकै गोली चलाएर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा भारतीय नागरिक राज सोनी रहेका छन् ।

Ncell
Extreme Energy

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पुगेको टोलीलाई आक्रमण प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाइएको छ । 

सोनीको दुई वटै खुट्टाको घुँडामुनी गोली लागेको छ ।

घाइते सोनीलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । प्रहरीले सोनीबाट टापेन्टाडल नाम गरेको २४ हजार सात सय वटा ट्याबलेट बरामद गरेको छ । 


सोनीसँगै प्रहरीले दुई नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...