नेभिगेशन
नेताका कुरा

एमाले प्रचार विभाग प्रमुखको प्रश्न : विगत ३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन, दोषजति सबै थोपरेर हुन्छ ?

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के गर्‍यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार पछिल्लो पटक  पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेका हुन् । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गरेको उल्लेख गरेका छन् ।   यी सबै अवधि जोड्दा एमालेले विगत ३५ वर्षमा कुल ३,०८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको छ ।

Marvel

२०४८ पछिका  २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेका छन् आचार्यले लेखेका  छन्। ३५ वर्षको एक चौथाइ समय पनि एमालेले सत्ता चलाएको छैन । अनि सबै बिग्रिएका कामको सबै दोष एमालेलाई थोपरेर हुन्छ ? उनले प्रश्न गरेका छन् ।

एमाले नेतृत्वको सरकारको कार्यकाल छोटो भए पनि त्यस अवधिमा ऐतिहासिक उपलब्धि हासिल भएको उनको दाबी छ । उनले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको सुरुवात र विस्तार, सुशासन, बलियो राष्ट्रियताको अडान तथा ठूला पूर्वाधार निर्माणजस्ता क्षेत्रमा उल्लेखनीय काम भएको बताएका छन् ।

आचार्यले नागरिकका मूर्छित सपनाहरूलाई ब्युँझाउने र राज्य एवं प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेका हुन् भन्ने दाबी पनि गरेका छन् । उनले  तथ्यका आधारमा मात्रै राजनीतिक मूल्यांकन गर्न आग्रह गर्दै भ्रमको पछाडि नलागी सत्यको सम्प्रेषण र आलोचना गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै