नेभिगेशन
जनप्रतिनिधिका कुरा

न्यायपालिकामा राजनीतिक हस्तक्षेप अन्त्य गर्न बालेनलाई आएका पाँच सुझाव

काठमाडौँ । नागरिकहरुले न्यायपालिकामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई पाँच वटा सुझाव दिएका छन् । 

सुझाव संकलन गर्न गठित संविधान संशोधन बहसपत्र कार्यदलमार्फत आम नागरिकले सुधारका विषयमा प्रधानमन्त्री शाहलाई सुझाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यदलका संयोजक असिम शाहकाअनुसार संविधान संशोधनको बहस पत्रका लागि संकलन गरिएका सुझावहरूमा न्यायपालिकाको सुधारका सम्बन्धमा निकै महत्वपूर्ण विषयहरू समेटिएका छन् । 

Ncell
Extreme Energy

पहिलो, स्वतन्त्रता र राजनीतिक हस्तक्षेप: न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राखी स्वतन्त्र न्यायपालिका बनाउनुपर्ने सुझाव नागरिकहरूबाट आएको छ ।

दोस्रो, न्यायाधीशको संख्या र नियुक्ति: सर्वोच्च अदालतमा प्रधान न्यायाधीशबाहेक बढीमा ३० जना न्यायाधीश हुनुपर्ने र मुद्दाको चापका आधारमा अस्थायी न्यायाधीश राख्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

साथै, न्यायाधीश नियुक्तिको प्रवेशद्वार जिल्ला अदालतलाई बनाउनुपर्ने कुरा उल्लेख छ ।

तेस्रो, अदालतको संरचना र अधिकार: हालको संवैधानिक इजलास खारेज गरी छुट्टै 'संवैधानिक अदालत' गठन गर्नुपर्ने सुझाव प्राप्त भएको छ । 

उच्च अदालतको क्षेत्राधिकार बढाउने र यसलाई 'कोर्ट अफ रेकर्ड' को हैसियत प्रदान गर्नुपर्ने विषय पनि सुधारका बुँदामा छन् ।

चौथो, पदावधि र उमेर हद: सर्वोच्च अदालतका न्यायाधीशको पदावधि बढीमा ७ वर्ष हुनुपर्ने, उच्च अदालतका मुख्य न्यायाधीशको पदावधि ३ वर्ष र अन्य न्यायाधीश तथा जिल्ला न्यायाधीशको पदावधि बढीमा १० वर्ष हुनुपर्ने, न्यायाधीशहरूको उमेर हद ६० वर्ष कायम गर्न उपयुक्त हुने उल्लेख छ  ।                  

पाँचौ, वित्तीय स्वायत्तता: न्यायपालिकालाई वित्तीय एवं बजेटरी स्वायत्तता दिनुपर्ने सुझाव पनि समेटिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै