नेभिगेशन
समाज

शुक्लाफाँटामा हराएका १४ महिला रातभरि बसेका थिए रुखको ओतमा

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ महिलालाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सोमबार मध्याह्‌न उद्धार गरेको छ । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाहरु च्याउ खोज्न भन्दै निकुञ्ज क्षेत्र प्रवेश गरेका थिए । तर वर्षात, कुहिरोका कारण बाटो भुलेपछि जंगलको बीचमै हराउन पुगेका थिए । ‘उहाँहरु स्थानीय नै भए पनि वर्षात र कुहिरोका कारण बाटो पत्ता लगाउन सक्नुभएनछ । बाटो खोज्दा खोज्दै रात परेपछि रूखको ओत लाग्नुभएछ,’ उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार सम्पर्कविहीन महिलाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी १४० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । ठूलो संख्यामा स्थानीयहरु पनि खोजतलासमा सक्रिय थिए । उनीहरु आइतबार रातिदेखि नै परिचालित भए पनि महिलाहरु सोमबार मध्याह्‌नपख सम्पर्कमा आएको प्रजिअ कोइरालाले बताए । 

Ncell
Extreme Energy

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि महिलाहरु परिवारको सर्म्पकमा आइसकेको जानकारी दिए । ‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो,’ उनले भने, ‘केहीबेर अघि परिवारको सर्म्पकमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।’

आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।     

उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सर्म्पकविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...