नेभिगेशन
समाज

शुक्लाफाँटामा हराएका १४ महिला रातभरि बसेका थिए रुखको ओतमा

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ महिलालाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सोमबार मध्याह्‌न उद्धार गरेको छ । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाहरु च्याउ खोज्न भन्दै निकुञ्ज क्षेत्र प्रवेश गरेका थिए । तर वर्षात, कुहिरोका कारण बाटो भुलेपछि जंगलको बीचमै हराउन पुगेका थिए । ‘उहाँहरु स्थानीय नै भए पनि वर्षात र कुहिरोका कारण बाटो पत्ता लगाउन सक्नुभएनछ । बाटो खोज्दा खोज्दै रात परेपछि रूखको ओत लाग्नुभएछ,’ उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार सम्पर्कविहीन महिलाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी १४० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । ठूलो संख्यामा स्थानीयहरु पनि खोजतलासमा सक्रिय थिए । उनीहरु आइतबार रातिदेखि नै परिचालित भए पनि महिलाहरु सोमबार मध्याह्‌नपख सम्पर्कमा आएको प्रजिअ कोइरालाले बताए । 

Marvel

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि महिलाहरु परिवारको सर्म्पकमा आइसकेको जानकारी दिए । ‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो,’ उनले भने, ‘केहीबेर अघि परिवारको सर्म्पकमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।’

आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।     

उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सर्म्पकविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...