नेभिगेशन
जनप्रतिनिधिका कुरा

यो वर्ष डेढ सय बढी कानूनहरु ल्याउन सोविताले थालिन् काम, गृहकार्यमा जुटे सबै मन्त्रालय

काठमाडौँ । चालु आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानून मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सबै मन्त्रालयका कानून शाखा/महाशाखाबीच छलफल गरेकी हुन् । प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'कानून निर्माण वर्ष सफल बनाउन तथा सङ्‍घीय संसद्लाई आवश्यक विधायिकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेका हौं, यो छलफल प्रत्येक महिनाको पहिलो सोमबार हुनेछ,' मन्त्री गौतमले भनिन् ।

Ncell
Extreme Energy

आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची यसअघि नै कानून मन्त्रालयले संघीय संसद्‍मा बुझाइसकेको छ ।  विकासको लागि सहज वातावरण निर्माण यो वर्ष पुरै कानून सुधारमा लाग्ने मन्त्रालयले बताएको छ ।

कानून सुधार तथा कानुन निर्माण वर्षका लागि मन्त्रालयले ९ बुँदे कार्ययोजना तयारसमेत तयार पारिसकेको छ ।

सरकारले संसद्लाई बिजनेसको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । 

मन्त्री गौतमले संविधान कार्यान्वयन गर्न बनाउनुपर्ने थुप्रै नयाँ कानुनहरु निर्माण गर्न अग्रसरता लिएकफ हुन् । संविधान बनाएका दलहरुले अधुरै छोडेको कानुन निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएकी मन्त्री गौतमले यो वर्षलाई कानुन वर्ष नै घोषणा गरेकी अघि बढेकी छिन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको  छ ।

भर्खरै