नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तविरुद्ध दुई उजुरी, सुनुवाइ समितिले अध्ययन गर्ने

काठमाडौँ । निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तविरुद्ध दुईटा उजुरी परेको छ । 

संसदीय सुनुवाइ समितिमा सभापति बोधनारायण श्रेष्ठकाअनुसार प्रस्तावित प्रमुख आयुक्तविरुद्ध एउटा र आयुक्तविरुद्ध एउटा उजुरी प्राप्त भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त उजुरीलाई आज विहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा खोलेर सांसदहरुलाई अध्ययनका लागि वितरण गरिनेछ । 

Ncell
Extreme Energy

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजनासमेत वितरण गरिनेछ ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । 

संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता शुल्क लागु नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा रोक लगाइएको हो । आज दिउँसो १ः३० बजेको मापनअनुसार...