नेभिगेशन
समाज

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

काठमाडौँ । मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ परेका छन् ।

विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवलपरासीको (वर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई आज सार्वजनिक गरिएको हो ।

Marvel

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरले दुवैलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुको साथबाट कार्तोस भनिने बन्दुक एक थान र सोमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ । पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ ।

दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५ घ) र दफा २६ (१) वमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् ।
बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

बाराको फेटामा अस्पताल उद्घाटनको क्रममा झडप, गोली लागेर १८ वर्षीय युवक घाइते

फेटा गाउँपालिकाले शनिबार नवनिर्मित अस्पताल उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । तर अस्पतालमा आवश्यक पूर्वाधार, विद्युत्, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा नभएको...
पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।