नेभिगेशन
पूर्वाधार

माइतीघर डुबानबारे सडक विभागले पत्ता लगाएको कारण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेस गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन् । मंगलबार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दियो ।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी लगायत थिए । 
सडक विभागका अधिकारीले साँघुरो ढल निकासका कारण माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ। निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ ।

Ncell
Extreme Energy

‘प्रारम्भिक कारण यही हो । तर कारण यति मात्र होइन,’ उनले भने ।

अधिकारीहरूले माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध पुर्‍याएको बताउँदै यस प्रकारका अवरोध हटाउनु पर्ने बताएकी छन् ।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा देखिएका सबै प्रकारका अवरोध हटाइ डुवान मुक्त बनाइने जानकारी दिइन् ।

५० मिलिमिटर पानी पर्दा माइतीघर जलमय, यस्ता छन् कारण
बिहीबार अपराह्न चार बजेदेखि पाँच बजेको अवधिमा बबरमहल क्षेत्रमा झण्डै ५० मिलिमिटर पानी पर्‍यो । छोटो अवधिमा परेको यो उल्लेख्य वर्षा हो । जल तथा मौसम विज्ञान विभागले यसलाई धेरै भारी वर्षा भन्ने गरेको छ । यो धेरै भारी वर्षाका कारण माइतीघर क्षेत्र डुबानमा पर्‍यो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता नरेशराज सुवेदीकाअनुसार माइतीघरदेखि सर्वोच्च अदालत परिसरसम्म सडकमा जमेको पानीले त्यसक्षेत्रको यातायात अस्तव्यस्त बन्यो । झण्डै ६ बजेसम्म करिब ४५ मिनेट सवारी आवागमन प्रभावित बनेको कैयन सवारीलाई डाइभर्सन गर्नुपरेको सुवेदीले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बबरमहल क्षेत्रमा धेरै पछि यस्तो वर्षा मापन भएको थियो । २०८१ असोज १० देखि १२ गतेसम्म काठमाडौ उपत्यकाका झण्डै ११ स्थानमा रेकर्ड ब्रेक वर्षा भएको थियो । तर कतै पनि एक घण्टाको अवधिमा ५० मिलिमिटर र सोभन्दा माथि वर्षा भएको थिएन । यसपटक छोटो अवधिमा घनघोर वर्षा भएको छ ।

बबरमहल क्षेत्रमा परेको पानीले यातायात नै प्रभावित हुने गरी सडकमा पानी कसरी जम्यो र ट्राफिक प्रहरीको अवलोकन के छ भनेर हामीले ट्राफिक प्रहरी प्रवक्ता एसपी सुवेदीलाई सोध्यौ । उनकाअनुसार काठमाडौँमा एक झर पानी पर्दा नै धेरै ठाउँमा समस्या हुने गरेको छ ।

सामान्य पानी पर्दा पनि सडकमा पानी जम्ने, यातायात प्रभावित हुने भएपछि केही दिन पहिले उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेसहित प्राविधिक टोली निरीक्षणका लागि निस्केको थियो । उक्त टोलीले दुई तीन वटा कारण पत्ता लगाएको सुवेदीले बताए ।

उनकाअनुसार पछिल्लो समय बागमती, यसका सहायक नदीहरुमा गेग्रान थुप्रिएको छ । बागमतीको माथिल्लो जलाधारमा ठूलो पहिरो र अरु निर्माण कार्य भइरहेको त छैन । तर काठमाडौँ उपत्यकामा भने पूर्वाधार निर्माणका काम भइरहेको छ । खासगरी तार भूमिगत गर्ने, चक्रपथ विस्तार, खानेपानी तथा ढल सञ्जाल विस्तार गर्दा ती ठाउँबाट निस्किएको ढुंगा, माटो आदिलाई बगाएर नदीमा पुर्‍याउँदा बागमती नदीमा थेग्रिने थुप्रिएको छ । जसले वर्षातको भेललाई सहजै बग्न नदिएको सुवेदीले बताए । 

यस्तै काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माण गर्दा निस्किएको माटो बालुवाले कतिपय स्थानमा ढलहरुको मुख टालिएका छन् । कतिपय ढलहरुमा जथाभावी फालिएका फोहोरहरु गएर बस्ने र मुख टालिने हुँदा पानीले सहज निकास पाउन सकेको छैन । '

एसएसपी सुरेशप्रसाद काफ्लेसहितको प्राविधिक टोलीले बागमती नदीमा गेग्रान थुप्रिएर बहावमा अवरोध पुगेको निचोड निकालेको छ । यस्तै काठमाडौँ उपत्यकाको ढल सञ्जाल कतिपय ठाउँमा टालिएकाले निकासमा अवरोध पुगेको हाम्रो बुझाइ छ । हामीले समबन्धित निकायलाई यसबारे ध्यानाकर्षण गराएका छौं । यो नयाँ समस्या होइन,' सुवेदीले भने ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
फेवातालमा बोतल, जुत्ता–चप्पल ! (तस्बिर)

फेवातालमा बोतल, जुत्ता–चप्पल ! (तस्बिर)

अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डंगुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छ । ड्यामसाइड पार्क र त्यस आसपासमात्र होइन, तालमा पनि...
‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री श्रेष्ठले बोलाए बैठक

‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री श्रेष्ठले बोलाए बैठक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ‘आरसीओडी’को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् ।
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा रोक लगाइएको हो । आज दिउँसो १ः३० बजेको मापनअनुसार...
एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युततर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ ।