नेभिगेशन
समाज

५० मिलिमिटर पानी पर्दा माइतीघर जलमय, यस्ता छन् कारण

काठमाडौँ । बिहीबार अपराह्न चार बजेदेखि पाँच बजेको अवधिमा बबरमहल क्षेत्रमा झण्डै ५० मिलिमिटर पानी पर्‍यो । छोटो अवधिमा परेको यो उल्लेख्य वर्षा हो । जल तथा मौसम विज्ञान विभागले यसलाई धेरै भारी वर्षा भन्ने गरेको छ । यो धेरै भारी वर्षाका कारण माइतीघर क्षेत्र डुबानमा पर्‍यो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता नरेशराज सुवेदीकाअनुसार माइतीघरदेखि सर्वोच्च अदालत परिसरसम्म सडकमा जमेको पानीले त्यसक्षेत्रको यातायात अस्तव्यस्त बन्यो । झण्डै ६ बजेसम्म करिब ४५ मिनेट सवारी आवागमन प्रभावित बनेको कैयन सवारीलाई डाइभर्सन गर्नुपरेको सुवेदीले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागका अनुसार बबरमहल क्षेत्रमा धेरै पछि यस्तो वर्षा मापन भएको थियो । २०८१ असोज १० देखि १२ गतेसम्म काठमाडौ उपत्यकाका झण्डै ११ स्थानमा रेकर्ड ब्रेक वर्षा भएको थियो । तर कतै पनि एक घण्टाको अवधिमा ५० मिलिमिटर र सोभन्दा माथि वर्षा भएको थिएन । यसपटक छोटो अवधिमा घनघोर वर्षा भएको छ ।

Ncell
Extreme Energy

बबरमहल क्षेत्रमा परेको पानीले यातायात नै प्रभावित हुने गरी सडकमा पानी कसरी जम्यो र ट्राफिक प्रहरीको अवलोकन के छ भनेर हामीले ट्राफिक प्रहरी प्रवक्ता एसपी सुवेदीलाई सोध्यौ । उनकाअनुसार काठमाडौँमा एक झर पानी पर्दा नै धेरै ठाउँमा समस्या हुने गरेको छ ।

सामान्य पानी पर्दा पनि सडकमा पानी जम्ने, यातायात प्रभावित हुने भएपछि केही दिन पहिले उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेसहित प्राविधिक टोली निरीक्षणका लागि निस्केको थियो । उक्त टोलीले दुई तीन वटा कारण पत्ता लगाएको सुवेदीले बताए ।

उनकाअनुसार पछिल्लो समय बागमती, यसका सहायक नदीहरुमा गेग्रान थुप्रिएको छ । बागमतीको माथिल्लो जलाधारमा ठूलो पहिरो र अरु निर्माण कार्य भइरहेको त छैन । तर काठमाडौँ उपत्यकामा भने पूर्वाधार निर्माणका काम भइरहेको छ । खासगरी तार भूमिगत गर्ने, चक्रपथ विस्तार, खानेपानी तथा ढल सञ्जाल विस्तार गर्दा ती ठाउँबाट निस्किएको ढुंगा, माटो आदिलाई बगाएर नदीमा पुर्‍याउँदा बागमती नदीमा थेग्रिने थुप्रिएको छ । जसले वर्षातको भेललाई सहजै बग्न नदिएको सुवेदीले बताए । 

यस्तै काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माण गर्दा निस्किएको माटो बालुवाले कतिपय स्थानमा ढलहरुको मुख टालिएका छन् । कतिपय ढलहरुमा जथाभावी फालिएका फोहोरहरु गएर बस्ने र मुख टालिने हुँदा पानीले सहज निकास पाउन सकेको छैन । '

एसएसपी सुरेशप्रसाद काफ्लेसहितको प्राविधिक टोलीले बागमती नदीमा गेग्रान थुप्रिएर बहावमा अवरोध पुगेको निचोड निकालेको छ । यस्तै काठमाडौँ उपत्यकाको ढल सञ्जाल कतिपय ठाउँमा टालिएकाले निकासमा अवरोध पुगेको हाम्रो बुझाइ छ । हामीले समबन्धित निकायलाई यसबारे ध्यानाकर्षण गराएका छौं । यो नयाँ समस्या होइन,' सुवेदीले भने ।

WhatsApp-Image-2026-07-17-at-08.02.16-1784258941.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिटरब्याजलाई नियन्त्रण गर्न तीन महिना भित्र विशेष ऐन ल्याउँदै सरकार, न्यायाधिकरण पनि बन्ने

मिटरब्याजलाई नियन्त्रण गर्न तीन महिना भित्र विशेष ऐन ल्याउँदै सरकार, न्यायाधिकरण पनि बन्ने

जनकपुरदेखि पैदल काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरूका प्रतिनिधिलाई सिंहदरबार बोलाएर वार्ता गरिरहेको सरकारले मिटरब्याजलाई गम्भिर आर्थिक अपराध घोषणा गर्दै तीन महिनाभित्र कानुन ल्याउने सहमति गर्न लागेको हो ।
मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै सरकार

मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै सरकार

पैदल काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरुसँग पाँच बुँदे सहमति गर्दै सरकारले मिटरब्याज, जालसाजीपूवर्क गरिएको तमसुक, दृष्टिबन्दक, ऋण दिनु अगावै लिइएका बाध्यकारी चेक, जग्गा पास गरेर दिइएको ऋण लगायत...
यी आठ जिल्लाका नदीमा आकस्मिक बाढी आउन सक्ने

यी आठ जिल्लाका नदीमा आकस्मिक बाढी आउन सक्ने

देशका विभिन्न ठाउँमा वर्षा भइरहँदा स-साना नदीमा बाढी पूर्वानुमान गरिएको छ ।
विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नति सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नति सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आजदेखि सुरु भएको नयाँ आर्थिक वर्षमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राख्दै करिब ८० अर्ब रुपैयाँ लगानी...