नेभिगेशन
जनताका कुरा

फेला परेनन् सिर्पिङ खोला बाँध क्षेत्रको पहिरोमा बेपत्ता वृद्ध

काठमाडौं । दोलखाको सिर्पिङ खोला ड्याम क्षेत्रमा पहिरो जाँदा बेपत्ता एक वृद्ध हालसम्म फेला परेका छैनन् । गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै अविरल वर्षापछि गएको पहिरोले एक गोठ बगाउँदा एक वृद्ध सम्पर्कविहीन भएका थिए ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्यामका कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको थियो । असुरक्षित स्थानमा रहेका ड्याममा काम गर्ने चार जना कर्मचारीलाई बिहान ७ः१५ बजे सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका –०९ टासिनामका करिब ७३ वर्षीय चस्मान तामाङ (तसमान) को गोठ पहिरोसँगै बगेको छ । गोठमा रहेका ७ वटा बाख्रा, ९ वटा गाई र ३ वटा गोरु समेत बगेका छन् ।

Ncell
Extreme Energy

चस्मान तामाङ हालसम्म सम्पर्कविहिन रहेकोले नेपाल प्रहरी खोजी तथा उद्धारका लागि घटनास्थलमा सक्रिय रुपमा खटिरहेका छन् भने स्थानीयवासी तथा अन्य सुरक्षा निकायको समेत सहयोगमा खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनताका कुरा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...