नेभिगेशन
जनताका कुरा

भूमि समस्या समाधान समितिले २९ सुकुम्बासीलाई भन्यो– जग्गा लिन आफ्नै पालिकामा सम्पर्क गर्नू

काठमाडौँ । भूमि समस्या समाधान समितिले सूचना प्रकाशित गर्दै काठमाडौंका नदीनाला किनारबाट हटाइएकामध्ये पहिचान भएका २९ जना सुकुम्बासीलाई आफ्नै गृहजिल्ला फर्किएर पालिकासँग सम्पर्क गर्न भनेको छ ।

समितिले बुधबार सूचना प्रकाशित गरी काठमाडौं उपत्यकाका जिल्लासहित होल्डिङ सेन्टरमा रहेका ३८८ मध्ये २९ परिवारलाई गृहजिल्ला फर्कन भनेको हो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले लेखी पठाएका र विवरण अद्यावधिक गर्दा नेपालभर कतै जग्गा नभएको यकिन भएका २९ जनालाई फर्कन भनेको समितिले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा प्रचलित कानुन बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाई दिन भनी लेखी आएकोमा सोको प्रयोजनका लागि त्यस्ता लाभग्राहीका परिवारको नेपाल राज्यभर घरजग्गा रहे नरहेको भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा लेखी पठाएकोमा उल्लेखित लाभग्राही परिवारको नाममा घरजग्गा नभेटिएको भनी जवाफ प्राप्त भएकोले त्यस्ता लाभग्राहीहरुको स्थायी वतन उल्लेख भएको जिल्लामा स्वीकृत कार्यविधिको अधिनमा रही जग्गा उपलब्ध गराउने प्रयोजनार्थ, लाभग्राहीहरुको डिजिटल विवरण अनुसार तयार भएका निवेदन फारम र संलग्न कागजातहरू समेतको फाइल तयार गरी आवश्यक कारवाही अगाडी बढाउन सम्बन्धित जिल्ला समितिमा लेखी पठाइसकेको हुँदा सम्बन्धित जिल्ला समिति र पालिकामा यथाशीघ्र सम्पर्क गर्न जानु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

Ncell
Extreme Energy

यसरी गृहजिल्लामा विवरण पठाएकामध्ये बनेपास्थित रेडक्रसम भवनको बस्दै आएका ९ सुकुम्बासी परिवार छन् ।

१४ परिवार कीर्तिपुरस्थित राधास्वामी सत्संगमा बस्ने छन् । नगरकोटको खानेपानी तालिम केन्द्रमा बस्दै आएका ५, कृषि तालिम केन्द्र बस्ने १ परिवार छन् ।

04-05-_ozxj0uz_page-0001-1784712036.jpg

04-05-_ozxj0uz_page-0002-1784712035.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनताका कुरा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...