नेभिगेशन
जनताका कुरा

भूमि समस्या समाधान समितिले २९ सुकुम्बासीलाई भन्यो– जग्गा लिन आफ्नै पालिकामा सम्पर्क गर्नू

काठमाडौँ । भूमि समस्या समाधान समितिले सूचना प्रकाशित गर्दै काठमाडौंका नदीनाला किनारबाट हटाइएकामध्ये पहिचान भएका २९ जना सुकुम्बासीलाई आफ्नै गृहजिल्ला फर्किएर पालिकासँग सम्पर्क गर्न भनेको छ ।

समितिले बुधबार सूचना प्रकाशित गरी काठमाडौं उपत्यकाका जिल्लासहित होल्डिङ सेन्टरमा रहेका ३८८ मध्ये २९ परिवारलाई गृहजिल्ला फर्कन भनेको हो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले लेखी पठाएका र विवरण अद्यावधिक गर्दा नेपालभर कतै जग्गा नभएको यकिन भएका २९ जनालाई फर्कन भनेको समितिले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा प्रचलित कानुन बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाई दिन भनी लेखी आएकोमा सोको प्रयोजनका लागि त्यस्ता लाभग्राहीका परिवारको नेपाल राज्यभर घरजग्गा रहे नरहेको भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा लेखी पठाएकोमा उल्लेखित लाभग्राही परिवारको नाममा घरजग्गा नभेटिएको भनी जवाफ प्राप्त भएकोले त्यस्ता लाभग्राहीहरुको स्थायी वतन उल्लेख भएको जिल्लामा स्वीकृत कार्यविधिको अधिनमा रही जग्गा उपलब्ध गराउने प्रयोजनार्थ, लाभग्राहीहरुको डिजिटल विवरण अनुसार तयार भएका निवेदन फारम र संलग्न कागजातहरू समेतको फाइल तयार गरी आवश्यक कारवाही अगाडी बढाउन सम्बन्धित जिल्ला समितिमा लेखी पठाइसकेको हुँदा सम्बन्धित जिल्ला समिति र पालिकामा यथाशीघ्र सम्पर्क गर्न जानु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

Marvel

यसरी गृहजिल्लामा विवरण पठाएकामध्ये बनेपास्थित रेडक्रसम भवनको बस्दै आएका ९ सुकुम्बासी परिवार छन् ।

१४ परिवार कीर्तिपुरस्थित राधास्वामी सत्संगमा बस्ने छन् । नगरकोटको खानेपानी तालिम केन्द्रमा बस्दै आएका ५, कृषि तालिम केन्द्र बस्ने १ परिवार छन् ।

04-05-_ozxj0uz_page-0001-1784712036.jpg

04-05-_ozxj0uz_page-0002-1784712035.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनताका कुरा
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...