नेभिगेशन
सबै कुरा

जब आगो निभाउन पानी नबोकी दमकल पुग्यो

बझाङ । सोमबार बझाङको सदरमुकाम चैनपुरका सबै पसल व्यवसाय बन्द गरी माघीको रमाइलोमा स्थानीहरू रमाइरहेका थिए । दिउँसो एक बजेको समयमा एक्कासि लोकतान्त्रिक चोकमा रहेको जंगबहादुर स्टोरको माथिल्लो तलाको झ्यालबाट धुँवाको मुस्लो आएको स्थानीयले देखे । के भएको हो भनेर ठम्याउन नपाउँदै चारैतिरबाट धुँवाको मुस्लो आउन थाल्यो । त्यसपछि पसल दनदनी बल्न थाल्यो । 

आगलागी भएको पसल सनम सिंह व्याँसीको हो । उक्त समयमा उनी खाना खान निस्केका थिए । ‘म खाना खान निस्किएको थिएँ । पर्वको दिन व्यापार पनि नहुने भएका कारण बिहानैदेखि पसल बन्द गरेर आफन्तको घरमा खाना खान गएको थिएँ । त्यही समयमा पसलमा आगलागी भएर करोडभन्दा धेरै क्षति भयो,’ उनले भने ‘स्थानीयले देखेर प्रहरी प्रशासनलाई खबर नगरेको भए पसलमा खरानी बाहेक अरु केही भेटिने थिएन ।’

Dish Home
Global Ime Bank


करिब १ बजे सल्किएको आगोबाट घरको माथिल्लो तलामा राखिएको पसलको सम्पूर्ण थान र फेन्सीका कपडाहरुसँगै काठले बनेको घरको छानो पूर्णरुपले जलेर नष्ट भएको छ । माथिल्लो तला ब्याँसीले पसलको गोदामको रुपमा प्रयोग गर्दै आएका थिए । तल्लो भुँई तलामा रहेको पसलमा रहेको सामान भने जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश कुस्मीले बताए । उनका अनुसार तीनवटै सुरक्षा निकाय, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

करिब सवा एक बजे जयपृथ्वी नगरपालिकाको दमकललाई जानकारी गराइएको भएपनि तत्काल दमकल घटनास्थलमा आउन सकेन । करिब आधा घण्टापछि दमकल त आयो तर आगो नियन्त्रण गर्नका लागी दमकलमा पर्याप्त पानी नै थिएन । १६ हजार लिटर पानी अटाउने क्षमता भएको दमकलमा एक हजार लिटर पनि पानी थिएन । कपडाको गोदाम र काटले बनेको घरमा दन्किएको आगोमा दमकलमा रहेको पानीको केही चलेन । अन्ततः आगो निभाउन आएको दमकल आगो नै ननिभाई पानी भर्न भन्दै १३ किलोमिटर टाढा रहेको जालेबगरतिर लाग्यो । 


दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि सुरक्षाकर्मी र स्थानीयले चैनपुर खानेपानी तथा सरसफाइ संस्थानको खानेपानीको पाइपलाई उखेलेर झण्डै दुईघण्टापछि आगो नियन्त्रणमा लिन सफल भए । पसल सञ्चालक समनसिंह ब्याँसीका अनुसार गोदाममा एक करोड बढीको थान र फेन्सीका कपडाहरू स्टोर गरि राखिएको थियो । गोदाममा राखिएका सबै सामान जलेर नष्ट भएको छ ।  

आगो निभाउनका लागी आएको जयपृथ्वी नगरपालिकाको दमकल समयमा आएको भए आगलागीबाट यती ठुलो मात्रामा क्षति हुने थिएन । आगलागी भएको स्थानदेखि जयपृथ्वी नगरपालिकासम्मको दूरी जम्मा एक किलोमिटर छ । त्यहाँबाट दमकल आइपुग्न आधाघण्टा बढी समय लाग्यो । दमकल आए पनि पानी पर्याप्त आएन । यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । चैनपुर आसपासका क्षेत्रमा हुने आगलागी नियन्त्रणमा दमकल कहिल्यै समयमा नआउने र आगलागी भएपछि मात्रै पानी भर्न जाने गरेको स्थानीयहरुको आरोप छ । 

दमकलमा रहेको पानी सकिएपछि दमकलमा पुनः पानी भर्नका लागी चैनपुरदेखि १३ किलोमिटर टाढा जानु पर्ने अवस्था छ । चैनपुरकै काखमा जिल्लाकै दुई ठुला नदी सेती र बाहुली गाड बग्ने गर्दछन् । ती स्थानमा पुग्ने बाटो समेत सहज छैन । पानी भर्नका लागि १३ किलोमिटर टाढा रहेको जालेबगर जानु पर्ने बाध्यता छ । 


आगलागीपछि घटनास्थलमा पुगेका जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले दमकललाई पूर्णरुपले तयारी अवस्थामा राख्न नसक्नु र समयमा नै दमकललाई घटनास्थलसम्म पठाउन नसक्नु आफूहरूको कमजोरी रहेको स्वीकार गरे । उनले चैनपुरमा नै ठूला नदी भएपनि दमकलमा पानी भर्न मिल्ने वातावरण आफूहरूले बताउनु नसकेको पनि स्वीकारे । उनले आगामी दिनमा यस्ता लापरवाही हुन नदिने आश्वासन दिएर फर्के । तर स्थानीयहरू भने मेयर बजालको आश्वासनमा विश्वस्त भने छैनन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने

आज संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले साेधेकाे प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पे वेल नेपाल र सजिलो पेको  अनुमतिपत्र खारेज

पे वेल नेपाल र सजिलो पेको  अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयानुसार ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ ।