नेभिगेशन
नेताका कुरा

ओली हटाउनेबारे छलफल गर्न गठित कार्यदलले प्रतिवेदन बनाउन किन गर्दैछ ढिलाइ?

काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलले अझै प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन । कार्यदलले आठवटा प्रदेश तहका कमिटी, सम्पर्क समन्वय, जनसंगठन, सल्लाहकार परिषद् लगायत केन्द्रीय निकायसँग छलफल सकेपछि गत असार २५ गते बसेको बैठकले प्रतिवेदन तयार पार्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको थियो ।

कार्यदलका संयोजकसमेत रहेका बादल र महासचिव पोखरेलले पाँच दिनभित्र प्रतिवेदन तयार पार्ने बताए पनि अन्तिम रूप दिन बाँकी नै रहेको सचिव भानुभक्त ढकालले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उहाँहरूले प्रतिवेदन तयार पारिसक्नुभएको छैन । प्रतिवेदन तयार पारेपछि कार्यदलमा छलफल भएर त्यसलाई अन्तिम रूप दिइन्छ । त्यसपछि सचिवालयमा पेश हुन्छ,’ उनले भने ।

Marvel

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि एमालेभित्र नेतृत्व पुनर्गठनको आवाज चर्को रूपमा उठेको छ । गत जेठ ४ देखि १० गतेसम्म बसेको सचिवालयको आठौं बैठकमा १९ पदाधिकारीमध्ये १० जनाभन्दा बढी पुनर्गठनको पक्षमा खुलेका थिए ।

संस्थापननिकट नेताहरू; खासगरी उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल लगायत ओलीनिकटहरू नै पुनर्गठनको पक्षमा देखिएपछि ओली रक्षात्मक बन्दै कार्यदल गठन गर्न राजी भएका थिए ।
एक महिनाको समय दिएर चुनाव समीक्षा र पुनर्गठनबारेको सुझाव समेटेर प्रतिवेदन ल्याउन भनेका थिए । 

तर कार्यदलले ढिला काम थाल्यो । झण्डै एक महिनापछि काम छलफल थालेको कार्यदलले दुई महिना बितिसक्दा पनि प्रतिवेदन तयार पार्न सकेको छैन ।

कार्यदलले प्रदेश कमिटी लगायत निकायका नेता–कार्यकर्तासँग छलफल गर्दा अधिकांश पुनर्गठनको पक्षमा देखिएका छन् । नागरिकले अध्यक्ष ओलीको विकल्प खोजेको, चुनावमार्फत मुखरित गरेको भन्दै पार्टीको नीति, नेतृत्व, कार्यशैलीमा व्यापक पुनर्गठन गर्नुपर्ने उनीहरूको धारणा छ । प्रदेशबाट लिखित रूपमा आएका सुझावलाई एकीकृत स्वरूप दिन बाँकी रहेको नेताहरूले बताएका छन् ।

‘तलबाट आएका सुझाव समेटेर नै प्रतिवेदन तयार पार्ने हो, अहिले हामी त्यही काममा छौं,’ सचिव ढकालले भने ।

यसबीचमा उपाध्यक्ष पौडेल सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा परेपछि कार्यदलको काम प्रभावित बनेको नेताहरूले बताएका छन् । पछिल्लो समय पुनर्गठन अभियानको नेतृत्व नै विष्णु पौडेल र महासचिव पोखरेलले गरेका थिए ।

‘मुद्दाको अगुवाइ गरिरहेको व्यक्ति नै हिरासतमा परेपछि अभियान प्रभावित हुने भइहाल्यो । महासचिव पोखरेललाई एक्लै उभिन गाह्रो परिरहेको थियो । पौडेल साधारण तारेखमा रिहा भएपछि अब महासचिवले साथी पाउनुभएको छ । तलबाट आएका सुझाव समेटेर प्रतिवेदन तयार पार्न सजिलो पनि हुन्छ,’ एक नेताले भने ।

१५ सदस्यीय कार्यदलमा पुनर्गठनको पक्षमा सजिलै बहुमत पुग्छ ।

यसैबीच अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम सहकार्य हुँदै एकताको आधार तयार पार्न तल्लीन छन् । यसबीचमा उनीहरूको चरणबद्ध छलफल पनि भएको छ । आफूनिकट नेताहरूलाई गृहकार्य गर्न अह्राएका पनि छन् ।

सचिव भानुभक्त ढकालले पनि सहकार्यको आधार बनिरहेको बताए । उनले प्रदेश सरकारमार्फत सहकार्यको ढोका खुल्नसक्ने पनि बताए ।

‘हाम्रो चाहना प्रदेशमा सर्वदलीय सरकार बनोस् भन्ने हो । तर कांग्रेसको संस्थापन पक्ष त्यसमा सहमत देखिएको छैन । पार्टीभित्र विवाद पनि छ । हामी कांग्रेससँग पनि छलफलमै छौं । कांग्रेस तयार भएन भने विचार मिल्ने (एमाले, नेकपा) पक्षहरू मिलेर सकारात्मक सन्देश प्रवाह गर्छौं,’ ढकालले भने ।

नेकपाका नेताहरू एमालेसँग सहकार्य हुनेमा विश्वस्त छन् । उनीहरूले आगामी स्थानीय तह निर्वाचनसम्म सहकार्यको कसिलो आधार बनिसक्ने र त्यसपछि दुई पार्टीबीच एकताकै ढोका खुल्ने दाबी गरेका छन् ।
तर एमालेभित्र ओलीइतर समूह भने यसमा सहमत छैनन् ।

पार्टी पुनर्गठनको मुद्दालाई ओझेल पार्न यस्तो हल्ला चलाइएको हुनसक्ने उनीहरूको बुझाइ छ ।

‘सहकार्य र एकता हुने हो भने पनि दुवै पार्टी पुनर्गठन गरेर त्यसको भरपर्दो तयार पारिनुपर्छ । पदका लागि मात्रै एकता गर्दा के भयो भनेर विगतमा हामीले, देशले देखिसकेको छ,’ इतरसमूहका एक नेताले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।
पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

पत्रकार पक्राउ र धरपकडप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाले जनाएको छ । पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय...
नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

साथै दाहालले पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री उनको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारेकी छिन् ।

भर्खरै